२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान–१८ ले ‘विमल गुरुङ कृति पुरस्कार’ तथा ३४औं राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कृति र कविता आह्वान



सुनसरी । कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान–१८ ले ‘विमल गुरुङ कृति पुरस्कार’ तथा ३४औं राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कृति र कविता आह्वान गरेको छ।

पुस्तकालय सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले आगामी कात्तिक १९ गते सम्पन्न हुने राष्ट्रिय कविता महोत्सवमा  २०८१ सालभरी प्रकाशित नेपाली भाषाका जुनसुकै विधाका कृतिहरू मध्येको उत्कृष्ट एक कृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। उत्कृष्ट कृतिलाई  नगद दुइ लाख रुपैयाँ ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

३४औं राष्ट्रिय कविता महोत्सवमा प्रथम हुने कविताले नगद २१ हजार र प्रमाणपत्र त्यसैगरी  द्वितीय हुने कविताले नगद १८ हजार र  तृतीय हुने कविताले  नगद १७ हजार पुरस्कार प्राप्त गर्ने, अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो। स्वदेश र विदेशमा रहनुभएकाे  नेपाली साहित्यकारहरूकाे लागि पूर्ण रूपमा खुला प्रतियोगिता रहेको उपाध्यक्ष प्रदीप मेन्याङ्बोले जानकारी दिनुभयाे ।

पुस्तक र कविता पठाउने प्रक्रिया

  • कविता: अन्यत्र प्रकाशित नभएको हुनुपर्ने
  • पठाउने माध्यम: पुस्तकालयको आधिकारिक इमेल bimal1234gurung@gmail.com
  • कृति पठाउने ठेगाना:
    ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान–१८, बुद्धचोक’
  • पठाउने समयसीमा: भदौ महिनाभित्र
  • पुस्तक प्रति संख्या: ४ प्रति

कविताको शब्द संख्या र शैलीमा कुनै बन्देज नभएकाे कुरा सदस्य राज माङ्लाकले स्पष्ट पार्नुभएकाे छ ।

पुस्तकालयका सचिव चन्द्र गुरुङका अनुसार कवि विमल गुरुङको जन्म वि.सं. २०२८ कार्तिक १९ गते हङकङको किङ्स पार्क अस्पतालमा भएको थियो। १९ वर्ष ६ महिनाको छोटो जीवनकालमै उहाँले माक्र्सवादी सौन्दर्यशास्त्र, पाश्चात्य साहित्य, भारतीय दर्शन र समाजप्रति समर्पित कवितात्मक चेतको विकास गर्नुभएकाे थियाे । उहाँकाे ‘एक किलो जंगल’ लगायत कविताहरू व्यापक चर्चामा रहेका छन्। विष्णु गुरुङ र सरस्वती गुरुङले आफ्ना दिवंगत छोराको स्मृतिमा धरान–१८ मा दुई तले पक्की भवन निर्माण गरी पुस्तकालय स्थापना गर्नुभएकाे  छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ९ : ३२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक