काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आज प्रकाशित नतिजामा २ हजार ३९५ जनाले प्रथम पत्र उत्तिर्ण गरेको बताइएको छ । कुल १४ हजार ५५ जनाले परिक्षा दिएकोमा यो उत्तिर्ण प्रतिशतमा १७% हो । मधेश प्रदेशमा भने ४६५ जना १२.२% र बागमतीमा १ हजार ५६० र गण्डकीमा १ हजार ८०५ जना सफल भए । प्रतिशतमा दुवै प्रदेशको २१.८% हो ।
उता लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा भने १ हजार ५६५, ५४२ र ६१६ जना पास भए । प्रतिशतमा १८.१%, १५.७% र १७.३% हो । देशभरबाट ४८ हजार ९२८ जनामा ८हजार ९४८ जना सफल भएको आयोगले जनाएको छ । यो प्रतिशतमा१८.३% हो ।
दोश्रो पत्रको परिक्षा भने यहि २०८२ साल भदौ १४ गते हुने आयोगले जनाएको छ ।








प्रतिक्रिया