१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युइएफए नेसन्स लिग फाइनल: ट्राइबेकरमा पोर्चुगलद्वारा स्पेन पराजित



काठमाडौं, युइएफए नेसन्स लिगको फाइनलमा गतराती ट्राइबेकरमा पोर्चुगलद्वारा स्पेन ५-३ ले पराजित भएको छ ।

जर्मनीको म्युनिख स्थित एलियाज एरिनामा भएको फाइनल खेलमा निर्धारित र थपिएको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

यसअघि स्पेनका मार्टिन जुबेमेन्दीले २१ मिनेटमा रोबर्टो मार्टिनेजको पासलाई गोल गर्दै स्पेनलाई अग्रता दिलाए । तर अग्रता धेरै समय टिकेन । ५ मिनेट पछि नै पोर्चुगलका १७ वर्षिय नुनो मेन्टेजले २० मिटर टाढाबाट ओस्कार मिङगुजाको सटिक पासलाई स्पेनिस पोष्टमा सहजै छिराउदै बराबरी गोल गरे । यो उनको पहिलो अन्तराष्ट्रिय गोल हो ।

४५ मिनेटमा स्पेनका मिकेल ओर्जाबेलले डियगो कोस्टाको पासमा सटिक गोल गर्दै २-१ को अग्रता दिलाए । ६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोले फ्रि किकमा गोल गर्दै स्कोर २-२ को बराबरीमा पुर्याए । यो उनको १३८ औ अन्तर्राष्ट्रिय गोल थियो ।

यसपछि थपिएको ३० मिनेटको समयमा कुनै गोल नभएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा स्पेनका मोराटाको चौथो पेनाल्टी बचाएपछि पोर्चुगलले ५-३ ले खेल जित्यो । पोर्चुगलका रामोस, भिटिना, ब्रुनो, मेन्डेस र नेभे पाँचैजनाले गोल गर्दा स्पेनका मेरिनो, बैना र इस्कोले गोल गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ४ : ४३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको