३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपन्यासकार श्याम सिंघकलाई मनमाया बान्तवा पुरस्कार



झापा, रेमिटल्यान्ड उपन्यास लेखेर चर्चामा आएका तेह्रथुमे उपन्यासकार श्याम सिंघकलाई यस वर्षको मनमाया बान्तवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । आज झापाको शिवसताक्षी-१ धरमपुरस्थित नवनासो पुस्तकालयको सभाहलमा रु १५ हजार रुपैयाको सो पुरस्कारबाट उहाँलाई पुरस्कृत गरिएको हो ।

मनमाया बान्तवा प्रतिष्ठानको अध्यक्ष निहाङ किराती तथा कवि मनु मन्जिलले संयुक्त रुपमा खादा ओढाएर उपन्यासकार सिंघकलाई पुरस्कार राशी सहित सम्मान पत्र प्रदान गर्नु भयो । यसअघि प्राज्ञद्वय मुनाराज शेर्मा र सुमित्रा चेलीले कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।

पुरस्कार ग्रहणपछि उपन्यासकार सिंघकले आफूले पहिलो पटक पुरस्कारबाट सम्मानित बन्दा आफ्नो साहित्यिक कामको उचित मूल्याङकन भएको बताउदै आफूमा थप जिम्मेवारी आएको चर्चा गर्नु भयो । सिंघकको नयाँ कृति कोइलाखाद हाल चर्चामा छ।

सम्बत् २०७५ सालमा स्थापित सो प्रतिष्ठानले विगत ७ वर्षदेखि साहित्यकार तथा कलाकारहरुलाई पुरस्कृत गर्दै आएकोमा यसअघि कविता राई, प्रकाश थाम्सुहाङ, विमला तुम्खेवालगायतका कविहरुलाई पुरस्कृत गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ९ : ०३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु