१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित



काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको छ । शिक्षक र सरकारबीच आज शिक्षा मन्त्रालयमा भएको वार्तामा ९ बुँदे सहमति भएको हो । सरकारसँगको सहमतिसँगै २९ दिनदेखि शैक्षिक हडताल गरेर काठमाडौंमा केद्रित भएका शिक्षकहरुको आन्दोलन टुंगिएको छ । शिक्षकहरु भोलिदेखि काममा फर्किने भएका छन् ।

नेपाल शिक्षक महासंघसँग भएको सहमतिबारे शिक्षामन्त्री रघुजी पन्तले सिंहदरबारमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ ।

शिक्षक महासंघले हिजो भएको वार्ताका क्रममा ९ बुँदे प्रस्ताव प्रस्तुत गरेको थियो । सरकार राहत, अस्थायी, करार, सिकाइ अनुदान लगायतका अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट प्रदान गर्न सहमत भएको छ । यस्तै, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा सरकारबाट तोकिए बमोजिमको व्यवस्था गर्ने र स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने सहमति पनि भएको छ । 

नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरुलाई समावेश गर्ने, निमावि तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितिय श्रेणीका शिक्षकसरह हुने गरी कायम गर्ने र शिक्षक-कर्मचारीलाई निजामति अस्पतालमा सहुलियत उपचारको व्यवस्था गर्ने सहमति पनि वार्तामा भएको छ ।

सरकारले शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गराउने जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : २३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको