१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित



काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको छ । शिक्षक र सरकारबीच आज शिक्षा मन्त्रालयमा भएको वार्तामा ९ बुँदे सहमति भएको हो । सरकारसँगको सहमतिसँगै २९ दिनदेखि शैक्षिक हडताल गरेर काठमाडौंमा केद्रित भएका शिक्षकहरुको आन्दोलन टुंगिएको छ । शिक्षकहरु भोलिदेखि काममा फर्किने भएका छन् ।

नेपाल शिक्षक महासंघसँग भएको सहमतिबारे शिक्षामन्त्री रघुजी पन्तले सिंहदरबारमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ ।

शिक्षक महासंघले हिजो भएको वार्ताका क्रममा ९ बुँदे प्रस्ताव प्रस्तुत गरेको थियो । सरकार राहत, अस्थायी, करार, सिकाइ अनुदान लगायतका अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट प्रदान गर्न सहमत भएको छ । यस्तै, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा सरकारबाट तोकिए बमोजिमको व्यवस्था गर्ने र स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने सहमति पनि भएको छ । 

नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरुलाई समावेश गर्ने, निमावि तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितिय श्रेणीका शिक्षकसरह हुने गरी कायम गर्ने र शिक्षक-कर्मचारीलाई निजामति अस्पतालमा सहुलियत उपचारको व्यवस्था गर्ने सहमति पनि वार्तामा भएको छ ।

सरकारले शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गराउने जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : २३ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका