३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौंबाट काकडभिट्टा जांदै गरेको यात्रुबाहक बस दुधेको मिलन चोकमा बिहान ४:४० मा दुर्घटना



झापाा, झापा स्थित पूर्वपश्चिम लोकमार्गको दुधेको मिलनचोक सडकखण्डमा आज विहान रात्रीबस दुर्घटना भएको छ ।

काठमाडौबाट काकडभिट्टा जांदै गरेको प्रदेश-१-०१-००१ख ४२३५ नं सयपत्री यातायातको यात्रुबाहक बस दुधे माइधार सडक खण्डको मिलन चोकमा बिहान ४:४० मा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय झिलझिलेको अनुसार २३ जना यात्रु बसमा रहेको जानकारी प्राप्त भएको छ । ती यात्रुहरुमा काठमाडौंको शिक्षक आन्दोलनबाट फर्कदै गरेका मेचीनगरका १३ जना शिक्षक रहेको बताइएको छ ।

शिक्षकहरुसहित सबै यात्रु खतरामुक्त रहेको र केही यात्रुहरुलाई चोटपटक लागेकोले उनीहरुलाई हाल बिर्तामोडको बीएण्डसी र बिर्ता सिटी हस्पिटलमा उपचारार्थ पठाइएको जनाइएको छ ।

घाइते शिक्षकहरुमा बिर्ता सिटीमा उपचारमा रहनुहुने लिलाप्रसाद भण्डारी, सिताराम रिमाल, पदम पौडेल, कमला मगर, शान्ति राई, मीन बहादुर पौडेल,सन्तोष आचार्य र सिजिना प्रसाई हुनुहुन्छ ।

उता बी एण्ड सीमा उपचारमा रहनुहुने शिक्षकहरुमा टेकचन्द्र फुँयाल, गोपाल खतिवडा, टेकेन्द्र ढकाल, लोकनाथ ठकाल ,पूर्ण बहादुर योगी, अनिल बिक, शान्ति प्रसाद उप्रेती र सिताराम अधिकारी भएको बताइएको छ ।

बिहान झिसमिसेमा नै दुर्घटना भएकोले समयमै घटनास्थल पुगि घाइतेको उद्धार गरी अस्पताल पठाउन इप्रका झिलझिलेको सुरक्षाकर्मीको टोली सफल भएको जनाइएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु