१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौंबाट काकडभिट्टा जांदै गरेको यात्रुबाहक बस दुधेको मिलन चोकमा बिहान ४:४० मा दुर्घटना



झापाा, झापा स्थित पूर्वपश्चिम लोकमार्गको दुधेको मिलनचोक सडकखण्डमा आज विहान रात्रीबस दुर्घटना भएको छ ।

काठमाडौबाट काकडभिट्टा जांदै गरेको प्रदेश-१-०१-००१ख ४२३५ नं सयपत्री यातायातको यात्रुबाहक बस दुधे माइधार सडक खण्डको मिलन चोकमा बिहान ४:४० मा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय झिलझिलेको अनुसार २३ जना यात्रु बसमा रहेको जानकारी प्राप्त भएको छ । ती यात्रुहरुमा काठमाडौंको शिक्षक आन्दोलनबाट फर्कदै गरेका मेचीनगरका १३ जना शिक्षक रहेको बताइएको छ ।

शिक्षकहरुसहित सबै यात्रु खतरामुक्त रहेको र केही यात्रुहरुलाई चोटपटक लागेकोले उनीहरुलाई हाल बिर्तामोडको बीएण्डसी र बिर्ता सिटी हस्पिटलमा उपचारार्थ पठाइएको जनाइएको छ ।

घाइते शिक्षकहरुमा बिर्ता सिटीमा उपचारमा रहनुहुने लिलाप्रसाद भण्डारी, सिताराम रिमाल, पदम पौडेल, कमला मगर, शान्ति राई, मीन बहादुर पौडेल,सन्तोष आचार्य र सिजिना प्रसाई हुनुहुन्छ ।

उता बी एण्ड सीमा उपचारमा रहनुहुने शिक्षकहरुमा टेकचन्द्र फुँयाल, गोपाल खतिवडा, टेकेन्द्र ढकाल, लोकनाथ ठकाल ,पूर्ण बहादुर योगी, अनिल बिक, शान्ति प्रसाद उप्रेती र सिताराम अधिकारी भएको बताइएको छ ।

बिहान झिसमिसेमा नै दुर्घटना भएकोले समयमै घटनास्थल पुगि घाइतेको उद्धार गरी अस्पताल पठाउन इप्रका झिलझिलेको सुरक्षाकर्मीको टोली सफल भएको जनाइएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १४ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका