१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षकहरूका माग केही घन्टाभित्रै सम्बोधन गर्ने वातावरण बनाउन देउवाले दिए महामन्त्रीहरूलाई जिम्मेवारी



काठमाडौं /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्ने वातावरण तयार गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी दिएका छन्।

विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन हुने गरी तत्काल विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

नयाँ शैक्षिक सत्र सुरू भइसकेको र कक्षा १२ को परीक्षा आउन लागेकोले शिक्षकहरूका माग सम्बोधन गरी छिटोभन्दा छिटो शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन देउवाले जोड दिएका हुन्।

शिक्षकहरूका कतिपय माग शिक्षा मन्त्रालय र मन्त्रिपरिषदबाट सम्बोधन गर्न सकिने र बाँकी माग समय तोकेर सदनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउनुपर्नेमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू छन्।

बिहीबार सभापति देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी, पूर्वपदाधिकारी छलफलमा शिक्षकहरूका माग तत्काल सम्बोधनको वातावरण बनाउन सभापति देउवाले महामन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन्।

शिक्षकहरूका माग र विद्यालय शिक्षा विधेयकका सन्दर्भमा महामन्त्री गगन थापाले कांग्रेस बैठकमा ‘ब्रिफिङ’ गरेका थिए।

‘शिक्षकहरूको आन्दोलन र मागलाई कांग्रेसले संवेदनशील रूपमा लिएको छ। सकेसम्म केही घन्टाभित्रै शिक्षकका माग सम्बोधन गरी सडकबाट शिक्षकहरूलाई विद्यालयका कक्षाकोठामा फर्काउन पार्टीका महामन्त्रीहरू, गृहमन्त्री रमेश लेखक लगायतलाई पहल गर्न सभापतिज्यूले जिम्मेवारी दिनुभएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘उहाँहरूले अब आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग संवाद गर्नुहुन्छ, समाधानका उपाय खोज्नुहुन्छ।’

शिक्षा विभाग प्रमुख नैनसिंह महर र महामन्त्रीद्वय थापा तथा शर्माले शिक्षकहरूका मागबारे पटक-पटक शिक्षकका प्रतिनिधिहरूसँग छलफल गर्दै आएका छन्। शिक्षकहरूले उठाएका कतिपय माग सम्बोधन गर्न संविधान संशोधनको आवश्यकतासमेत छ।

सभापति देउवाले संविधान संशोधनको विषयलाई अहिले छाडेर तत्काल सम्बोधन गर्न सकिने मागहरू पूरा गरी शिक्षकलाई सडकबाट विद्यालय फर्काउनुपर्ने भन्दै पार्टीका नेताहरूलाई पहलकदमी लिन भनेका हुन्।

शिक्षकहरूले स्थानीय तह मातहत विद्यालय शिक्षा राखिन नहुने बताइरहेका छन्। ती माग भविष्यमा हेर्ने गरी बाँकी माग सम्बोधन गर्नेबारे शिक्षकहरूसँग थप छलफल गर्न सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई पनि आग्रह गरेका छन्।

‘शिक्षकहरूले उठाएका कतिपय माग सरकारले पूरा गरिदिने र समय नै तोकेर विद्यालय शिक्षा विधेयक सदनबाट पारित गर्ने प्रतिबद्धता जनाएर शिक्षकहरूलाई सडकबाट कक्षाकोठामा फर्काउने वातावरण तत्काल बनाउनुपर्छ,’ सभापति देउवा देउवाले छलफलमा भनेका थिए।

छलफलमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि शिक्षकहरूका माग सम्बोधन गरी विद्यालयमा पठाउनुपर्ने बताएका थिए। ‘मन्त्रिपरिषदबाट सम्बोधन गर्न सकिने माग सम्बोधन गर्ने र समय तोकेरै सदनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धतासहित शिक्षकहरूलाई सडकबाट विद्यालय फर्काउनुपर्छ,’ उनले भने।

कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि शिक्षकहरूका माग सम्बोधनका लागि आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ५ : ०० बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका