१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।



माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति ऐतिहासिक उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा हालै  झापा माइधारमा सम्पन्न भएको छ ।

किरात योङहाङ कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समितिकाे आयोजना तथा हिलिहाङ डटकमको सहकार्यमा झापास्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयको परिसर माइधारमा सम्पन्न सो विमर्श तथा पुस्तक चर्चा कार्यक्रमको अध्यक्षता प्रतिष्ठानको अध्यक्ष भु.पु. ब्रिट्रिस आर्मी धनराज योङहाङले गर्नु भएको थियो । सहजीकरण भने साहित्यकार युङ योङहाङले गर्नु भएको र पहिले नै तय भएको सो थोक्फेला उपन्यास विमर्श तथा पुस्तक चर्चा कार्यक्रममा प्रदेश नं एक बन्दको वावजुद झापा, इलाम तथा पाँचथरका व्यापक श्रोता तथा पाठकहरुको सहभागिता थियो  ।

सो पुस्तक विमर्श कार्यक्रममा उपन्यास थोक्फेलामाथि चर्चा गर्दै अध्यक्ष धनराज योङहाङले उपन्यासले ऐतिहासिक परिवेश अझ यलम्बरकालिन समयलाई गाँउघरको गाउँले परिवेश र आधुनिक शहरिया  चिकित्सा विज्ञानले जोड्नु सुखद पक्ष रहेको बताउनुभयो । “उपन्यासले एउटा लाहुरेको कथामात्रै बोलेको छैन् पूर्व पहाडको यथार्थ र मार्मिक कथा बोलेको छ । मनै चरक्क हुने खालको प्रसङ्ग समेटेर राखिएको पात्रहरुले पाठकहरुलाई अन्तिमसम्म बाँधेर राख्न सफल छ ।” उहाँले थप्नुभयो ।

अर्को वक्ता शिवसताक्षी नगरपालिकाको वरिष्ठ लेखाअधिकृत प्रकाश योङहाङले एक नारीप्रधान यो उपन्यासले नारीको सबैपक्षको चर्चा गरेको र इतिहासमै नारीको यति शक्तिशाली भूमिकामा लेखिएको कृति भएको भनेर थोक्फेला उपन्यासको चर्चा गर्नु भयो । “हाम्रो लिम्बू समुदायको परिवारमा नारीको ठूलो महत्व हुन्छ । हाम्रो घरमा पनि युमा सबैभन्दा पहिले पुजिन्छ । यसैले लुङमाङगढको राजकुमारी थोक्फेलाले माया प्रेम मात्रै होइन् समग्र युद्धयोजना, कुटनीति तयार गर्छिन जसले गर्दा सिङमाङगढका राजकुमार यलम्बर पालुङगढ, शिखरलुङगढ, टिस्लुङगढ र चन्द्रचुडका साथै नेपाल जीत्न यलम्बर सफल हुने कुरालाई बडो बान्किलो पाराले बयान गर्नु भएको छ ।” उहाँले चर्चा गर्नु भयो ।

यसरी नै किराँत याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य अमृत लिम्बुले साहित्य समाजको दर्पण रहेको हुनाले त्यो यलम्बरकालिन समाज र परिवेशलाई उपन्यासले सकेसम्म बोलेको तथा वर्तमान समाज र परिवेशको चर्चा उपन्यासले बुनेको बताउनुभयो । “थोक्फेलाले नेपाली ऐतिहासिक परिवेश, अझ कविलातन्त्रमा रुमल्लिइरहेको समाजलाई वास्तविक नेतृत्वको स्वर्णीम  युगको लेखकले सत्य, तथ्य र  कल्पनामार्फत रुपान्तरण गर्ने प्रयत्न गरेर नेपाली साहित्यको आकासमा एक छुट्टै आयाम र पहिचान स्थापित गरेका छन् ।”उहाँले टिप्पणीको क्रममा थप्नुभयो ।

अर्का वक्ता अन्जु गौली क्षत्रीले एउटा सफल नारीवादी उपन्यास थोक्फेलाले समाज र राजनीतिमा नारीको उचाइलाई थप अग्लो बनाउने कार्य सुन्दर लेख शिल्पीमार्फत लेखकले गरेको बताउनुभयो । उहाँले भन्नुभयो-“कतिपय मार्मिक प्रसङ्गले पाठकको आँखामा थाहै नपाइ आँशु ल्याइदिन्छ भने एउटा नारीपात्र थोक्फेलाले बनाएको सफल सैन्ययोजना र कुटनीतिले वास्तवमा नेपाल जीतेर पाएको सफलतालाई अतुलनिय तवरले बयान गरिएको छ ।”

सहकारीकर्मी सूर्य याक्थुम्बा तथा इतिहास अन्वेषक हर्कबहादुर याक्थुम्बाले समेत चर्चा गर्नुभएको सो थोक्फेला उपन्यास विमर्श तथा पुस्तक चर्चा कार्यक्रममा उपन्यासको लेखक मनु योङहाङले पाठकहरुले उठाउनुभएको थोक्फेला उपन्यासको जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ११ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र