६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने



हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ र फेमे खोलाको दोभानमा प्रकृति पुजाको कार्यक्रम गरिने भएको छ । लामो समय देखि हेवाँ र फेमे खोला आसपासको प्राकृतिक वातावरणमा असर पर्ने गरी भइरहेका गतिबिधीप्रति बैद्धिक सनातन बिधि अनुसार माफी माग्न लागिएको हो ।

नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी माघ ५ देखि १२ गतेसम्म क्षमा पुजा गर्ने जानकारी दिईएको हो । फिदिम ११ स्थित हेवाँ र फेमे खोलाको दोभान क्षम पुजा गर्ने तयारी गरिएको आयोजक समितिका संयोजक तीलबिक्रम इधिङ्गोले जानकारी दिए । सडक, पुल, भवन सहितका भौतिक निर्माणका क्रममा प्रकृतिमा भएको क्षति प्रति माफी माग्ने उद्धेस्यले यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज