४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राष्ट्रिय किताबखाना(शिक्षक)का शाखा अधिकृत घुस लिएकोमा पक्राउ



काठमाडाैँ – राष्ट्रिय किताबखाना (शिक्षक) का शाखा अधिकृत धनेश्वर प्रसाईं ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत प्रसाईंलाई पेन्सपट्टा बनाइदिने भन्दै सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको अवस्थामा किताबखानाको छाउनी मार्ग तहाचलबाट पक्राउ परेका हुन् ।

‘शाखा अधिकृत धनेश्वर प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सूचनामा उल्लेख छ । पक्राउ परेका शाखा अधिकृत प्रसाईंमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ३१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज