१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम सन् २०२४ मनायो ।



लुभेन,
गत १७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम सन् २०२४ मनाएको छ ।

न्वागी पुजा, च्याब्रुङ नाच, साकेला नाच लगायतको नृत्य र विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका मनाएका हुन ।

लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तिमगर, एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा, विश्व मगर संघ बेल्जियमको अध्यक्ष लोक राना, जनता समाजवादी पार्टी निकट नेपाली समाज बेल्जियमको अध्यक्ष नेत्र मगर, नेपाल पत्रकार महासंघ बेल्जियमको अध्यक्ष केजीन राई, किरात राई सोसाईटीकी अध्यक्ष ईन्दिरा चाम्लिङ, तामाङ समाज बेल्जियमकी महासचिव अनिता लामा, तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङ, स्थानीय बेल्जियम नागरिक प्रोफेसर इमानुएल लगायत करिब डेढ दर्जन संघसंस्थाका प्रतिनिधिहरुले चासोक तङनामको शुभ कामना ब्यक्त गरेका थिए त्यस्तै गरि युके किरात याक्थुङ चुम्लुङका महासचिव विश्वास दीप तिगेलाले पनि सम्बोधन गरेका थिए ।

मंसिर पूर्णिमाको दिन नेपाल सरकारले किरात समुदायलाई किरात उधौली पर्व भनी सरकारी विदा दिदै आएको छ । यस चाडलाई लिम्बुले चासोक तङनाम, राईले उधौली साकेला, सान्केवा, सुनुवारले फोलष्यादर र याख्खा जातिले चासुवा चाड भनी मनाउने गर्दछन । पाकेको अन्न भित्राउनुअघि गरिने न्वागी पुजालाई विभिन्न नाम र संस्कारले मनाउने चलन रहेको छ । मंसिर पूर्णेको बखत खोलामा पानी घटने र माछा ठूलो पानी भएको ठाँउतिर उधो/ओह्रालो झर्ने भएकोले उधौली भनिन्छ ।

बेल्जियम चुम्लुङ अध्यक्ष वदन योङहाँङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पेमा लिम्बुको स्वागत मन्तब्य रहेको थियो भने कला इधिङ्गोबाट संचालन भएको थियो । दिउसो ३ बजेबाट शुरुभई मध्यरात सम्म कार्यक्रम संचालन भएको थियो ।

स्मरण रहोस, किरात याक्थुङ चुम्लुङ बेल्जियम दुईबर्ष अघि सन् २०२२ मात्र स्थापना भएको थियो, त्यसअघि किरात एकता मन्च मार्फत हुदै आएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ५३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको