१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आधा दर्जन गोल गर्दै मच्छिन्द्र एफसी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा



फिदिम । मच्छिन्द्र एफसीले शानदार जित दर्ता गर्दै पाँचथरमा जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मच्छिन्द्रले न्यू स्टार क्लब सुनसरीलाई ६-२ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । मौफसलको क्लब न्यू स्टार फाल्गुनन्द गोल्डकपमा पहिलो खेलबाट घर फर्किएको छ ।

फिदिम माविको खेलमैदानमा भएको खेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी बनेको थियो । मच्छिन्द्रको जितमा बिजु भुजेलले २ गोल, आदित्य शाक्य, मनिष डाँगी र सौरभ सुब्बाले समान १-१ गोल गरे भने न्यू स्टारका कप्तान सञ्जय श्रेष्ठले बल क्लियर गर्ने क्रममा आत्माघाती गोल भएको थियो ।

न्यू स्टारका सुशिल राई सन्दिप श्रेष्ठले गोल फर्काए पनि जितको लागि पर्याप्त भएन । मच्छिन्द्रका सनिष श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । बुधबार चर्च व्याइज युनाइटेड र विराटनगर सिटी एफसीबीच खेल हुनेछ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ११ : १९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र