१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आधा दर्जन गोल गर्दै मच्छिन्द्र एफसी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा



फिदिम । मच्छिन्द्र एफसीले शानदार जित दर्ता गर्दै पाँचथरमा जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मच्छिन्द्रले न्यू स्टार क्लब सुनसरीलाई ६-२ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । मौफसलको क्लब न्यू स्टार फाल्गुनन्द गोल्डकपमा पहिलो खेलबाट घर फर्किएको छ ।

फिदिम माविको खेलमैदानमा भएको खेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी बनेको थियो । मच्छिन्द्रको जितमा बिजु भुजेलले २ गोल, आदित्य शाक्य, मनिष डाँगी र सौरभ सुब्बाले समान १-१ गोल गरे भने न्यू स्टारका कप्तान सञ्जय श्रेष्ठले बल क्लियर गर्ने क्रममा आत्माघाती गोल भएको थियो ।

न्यू स्टारका सुशिल राई सन्दिप श्रेष्ठले गोल फर्काए पनि जितको लागि पर्याप्त भएन । मच्छिन्द्रका सनिष श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । बुधबार चर्च व्याइज युनाइटेड र विराटनगर सिटी एफसीबीच खेल हुनेछ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ११ : १९ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका