१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मोटरसाइकल दुर्घटना परी दाङमा कार्यरत प्रहरी जवानको मृत्यु



दाङ- मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ ।

ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर थापाले जानकारी दिए ।

कार्यालयको काममा खटिरहेका लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान चौधरी सोही वडास्थित पदमिनी खोला नजिक ट्रकसँग ठोक्किएर सोमबार घाइते भएका थिए । लु १ ख ९३५२ नम्बरको ट्रक र सोही दिशामा गुडिरहेको लुप्र ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि घाइते भएका चौधरीको मंगबार लमही अस्पतालमा मृत्यु भएको प्रहरीले स्पष्ट गरेको छ ।

सो घटनामा संलग्न ट्रक चालक रुपन्देही जिल्ला सियारी गाउँपालिका–४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : ५८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको