१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत



धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई लाख रुपैयाँ राशिको २०८० सालको विमल स्मृति पुरस्कार प्राप्त गरेको छ ।

विभिन्न स्थानबाट प्राप्त भएका एक सय दुई जना लेखकका विभिन्न विधाका कृतिहरूमध्ये १० वटा श्रेष्ठ कृति चयन गरिएको थियो । जसमध्ये थाम्सुहाङको कृतिले पुरस्कार प्राप्त गरेको विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार निर्णायक समितिको सिफारिसअनुसार पुरस्कार घोषणा गरिएको हो ।

पुरस्कार यही कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरूङको ५३ औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित अर्पण गरिने आयोजकले जनाएको छ ।

यसैगरी सोही अवसर पारेर कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान विवेक विवश रेग्मीलाई प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए ।

सोही दिन उत्कृष्ट १० कविताहरू प्रस्तुत हुनेछन् । जसमा प्रथम, द्धितीय र तृतीय हुने कविहरूलाई क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १२ : २७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको