१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत



धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई लाख रुपैयाँ राशिको २०८० सालको विमल स्मृति पुरस्कार प्राप्त गरेको छ ।

विभिन्न स्थानबाट प्राप्त भएका एक सय दुई जना लेखकका विभिन्न विधाका कृतिहरूमध्ये १० वटा श्रेष्ठ कृति चयन गरिएको थियो । जसमध्ये थाम्सुहाङको कृतिले पुरस्कार प्राप्त गरेको विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार निर्णायक समितिको सिफारिसअनुसार पुरस्कार घोषणा गरिएको हो ।

पुरस्कार यही कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरूङको ५३ औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित अर्पण गरिने आयोजकले जनाएको छ ।

यसैगरी सोही अवसर पारेर कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान विवेक विवश रेग्मीलाई प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए ।

सोही दिन उत्कृष्ट १० कविताहरू प्रस्तुत हुनेछन् । जसमा प्रथम, द्धितीय र तृतीय हुने कविहरूलाई क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १२ : २७ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका