२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“जनताको अपेक्षाभन्दा एक कदम अघि छु ।”अमृतबहादुर योङहाङ(रोहित),वडाध्यक्ष, याङवरक-६, नाँगी, पाँचथर



बत्तिस वर्षपछि पाँचथरको याङवरक-६ तत्कालिन नाँगी गाविसमा पहिलोपटक नेपाली काङ्ग्रेसको तर्फबाट  र पाँचथरकै साठीवटा वडाहरुमध्ये सबैभन्दा कान्छा निर्वाचित वडाध्यक्षको रुपमा निर्वाचित याङवरक-६ का वडाध्यक्ष अमृतबहादुर योङहाङ(रोहित) सँग उहाँकै कार्यकक्षमा विकासनिर्माणको परिवेशमा गरिएको हिलिहाङ डटकमको पाँच सवाल स्तम्भमा सवाल र जवाफहरु…..

सवाल-१, तपाई निर्वाचित भएर आएपछि जनताको भावना र चाहनालाई कसरी पूरा गर्नु भएको छ ?

जवाफ-१, धन्यवाद, सवालको लागि । म निर्वाचित भएर आएको अढाइ वर्षको समयमा मैले सबै जनताको भावना, चाहना र सुझावअनुसारको काम गरेको छु । जनताको आवश्यकता र माग अनुसार मेरो अढाइ वर्षको कार्यकालमा फिफ्टी पर्सेन्ट काम गरेको छु र बाँकी अवधीमा बाँकी फिफ्टी पर्सेन्ट काम गर्नेछु ।

सवाल-२, तपाई निर्वाचित भएर आएपछि, स्थानिय सरकार आफ्नो अनुकुलमा नभएपनि प्रदेश र केन्द्रबाट करोडौंको बजेट आफ्नो वडामा पार्न सफल हुनुभयो, तर कसरी नि ?

जवाफ-२, यो कामको लागि टोल, वडा, पालिका, क्षेत्र,  जिल्ला र प्रदेश तहको तथा केन्द्रिय तहको नेतृत्वमा रहनु भएको हाम्रो पार्टिका शुभेच्छुक, मतदाता, कार्यकर्ता र नेताज्यूहरु सबैको माग, साथ, माया र सहयोगको कारण सम्भव भएको हो । यो बजेट हाम्रो वडाको समग्र विकासकोलागी कोशेढुङ्गा हुनेछ । हामी सबैजना जनताहरुलाई खुसी पार्नमा लागेका छौं ।

सवाल-३, विकास निर्माणको योजनाहरुलाई कसरी प्राथमिकता र महत्व दिनुभएको छ ? 

जवाफ-३, धन्यवाद, म वडाको टोल समिती, स्थानिय राजनितिज्ञ, बुद्धिजीवीहरु, समाजसेवीहरु, शिक्षकहरु तथा जनताहरुको भेलाबाट उहाँहरुको सुझाव, सल्लाह र परामर्शबाट योजनाको छनौट, प्राथमिकताकरण र सुचिकरण गर्छु । निर्वाचित वडा सदस्यहरुले आफ्नो क्षेत्रको योजना माग गर्नुहुन्छ ।

सवाल-४, जनताको चाहनालाई पूरा गर्ने तपाईका केहि कार्ययोजनाहरु के के छन् नि ?

जवाफ-४, स्थानिय सरकार प्रतिकुल भएकोले मेरो कुराहरु सुनुवाइ हुदैनन् । म जनताको अपेक्षाभन्दा पनि एक कदम अघि बढेर प्रदेश तथा केन्द्रबाट बढिभन्दा बढि बजेट ल्याएकै छु, अझै ल्याउने नै छु ।

सवाल-५, तपाईको कुनै महत्वपूर्ण पाँचवटा कामहरु ?

जवाफ-५, पहिलो कालोपानी पर्यटकिय क्षेत्र विकास, दोश्रो हिलिहाङ दरवार प्रवेशस्थल निर्माण, तेश्रो गणेशचोक चाक्सीबोटे सडक निर्माण, चौंथो गणेशचोक नेवारगाँउ हिलिहाङ दरबार सडक र पाँचों सार्किडाँडाँ श्रीपुङ सडक प्राथमिकतामा परेका छन् । यि बाहेक वडा कार्यालय पुन:निर्माण, निशानथान निर्माण लगायतका अन्य योजनाहरु छन् ।

पूरै भिडियो हेर्न लिङ्कमा क्लिक गर्नुहोला ।

WLnNv7yBivdP

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ४२ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण