१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डडेल्धुरामा भएको रात्रिबस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका



काठमाडौँ- डडेल्धुरामा भएको रात्रिबस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका रहेका खुलेको छ।मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडीका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा रहेका प्रहरीले जनाएको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाट जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति ११:४५ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो।

दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्। बसमा १८ जना सवार थिए।बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउद, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं.७ का २८ वर्षीय नवराज रतोकी, २० वर्षीय सुरेन्द्र रतोकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ११ : २८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको