४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

 कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एकको मृत्यु



धनगढीः कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

कैलालीको भजनी नगरपालिका–७ चर्रा स्थित हुलाकी सडक–खण्डमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ बस्ने २२ वर्षीय आसिस कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय डेबिट चौधरी घाइते भएका छन्। डेबिटको नवजीवन अस्पताल धनगढीमा उपचार भईरहेको छ। ट्याक्टर र ट्याकटर चालक भजनी नगरपालिका–७ का ५२ वर्षीय शिब कुमार अहीरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज