पाँचथर, दशमी मेलाको अवसरमा फिदिम-१३, जेभालेमा सन्चालित नरबहादुर रिमाल स्मृति फुटबल प्रतपयोगितामा फालेलुङ हेभन्ली युथ क्लब, व्वाइज युनियन क्लब, सुकेटार एफसी फिदिम-१४ र थाङसाङ युवा क्लब फिदिम-१ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
थाङसाङ क्लबले दिपज्योती क्लब फालेलुङ-६ लाई टाईब्रेकरमा ५-४ ले हराएको हो । यसअघि निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएको थियो ।
उता ब्वाइज युनियनले युनाइटेड फुल्पा क्लब फिदिम-१४ लाई २-१ ले हराए ।








प्रतिक्रिया