१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने



पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्म चारपांग्रे सवारी चल्ने बनाइने भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला र सडक डिभिजन कार्यालय इलामका प्रमुख (डीई) पवन भट्टराईले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘हामी अहिले हेवाखोलामा केन्द्रित भएका छौं,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले आज बिहान भने,’ ‘ह्युम पाइप राखेर भरे बेलुका सम्ममा यातायात चल्ने बनाउँछौं, यदि त्यो सम्भव भएन भने भोलि बिहानसम्ममा साना सवारी चल्छ ।’

सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले पनि आजै बेलुकाबाट सवारी साधन चल्न सक्ने बताए ।‘हामिले १२ वटा ह्युम पाइप हेवाखोलामा झारिसकेका छौँ, आज राख्छौं,’ भट्टराईले थपे, ‘कथं पानीले बगाएन, सहज ढंगले राख्न सकियो भने आज बेलुकाबाट यातायात चल्छ ।’

तत्कालका लागि साना सवारी मात्रै चल्ने उनको भनाइ छ । हेवाखोलावारि हिलिहाङतर्फको सडक बनाउनुपर्ने भएकाले मालवाहक ठूला सवारी साधन भने तत्काल चलाउन नसकिने भएको छ । यसका लागि सडक मर्मतको काम पनि थालिहाल्ने डिभिजन प्रमुख भट्टराई बताउँछन् ।

सडक अवरुद्ध हुँदा ताप्लेजुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ भने पोल्ट्री व्यवसायीहरूले चारो ल्याउन सकेका छैनन् । सडक खुलाएर सामान आयात निर्यातलाई सहज बनाउने र बजार अनुगमनलाई तीव्रता दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको दाबी छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ११ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको