९ माघ २०८१, बुधबार | January 22, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने



पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्म चारपांग्रे सवारी चल्ने बनाइने भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला र सडक डिभिजन कार्यालय इलामका प्रमुख (डीई) पवन भट्टराईले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘हामी अहिले हेवाखोलामा केन्द्रित भएका छौं,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले आज बिहान भने,’ ‘ह्युम पाइप राखेर भरे बेलुका सम्ममा यातायात चल्ने बनाउँछौं, यदि त्यो सम्भव भएन भने भोलि बिहानसम्ममा साना सवारी चल्छ ।’

सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले पनि आजै बेलुकाबाट सवारी साधन चल्न सक्ने बताए ।‘हामिले १२ वटा ह्युम पाइप हेवाखोलामा झारिसकेका छौँ, आज राख्छौं,’ भट्टराईले थपे, ‘कथं पानीले बगाएन, सहज ढंगले राख्न सकियो भने आज बेलुकाबाट यातायात चल्छ ।’

तत्कालका लागि साना सवारी मात्रै चल्ने उनको भनाइ छ । हेवाखोलावारि हिलिहाङतर्फको सडक बनाउनुपर्ने भएकाले मालवाहक ठूला सवारी साधन भने तत्काल चलाउन नसकिने भएको छ । यसका लागि सडक मर्मतको काम पनि थालिहाल्ने डिभिजन प्रमुख भट्टराई बताउँछन् ।

सडक अवरुद्ध हुँदा ताप्लेजुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ भने पोल्ट्री व्यवसायीहरूले चारो ल्याउन सकेका छैनन् । सडक खुलाएर सामान आयात निर्यातलाई सहज बनाउने र बजार अनुगमनलाई तीव्रता दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको दाबी छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ११ बजे

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु

कारागार चलान भए पनि बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख शिवाकोटी अस्पतालमै

झापा- आफ्नै घरमा कामदार राखिएकी राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती

चीनको भूकम्पमा परेर हालसम्म ५३ को मृत्यु, ६२ घाइते

काठमाडौँ । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाका