१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम, पाँचथर र ताप्लेजुङमा अवरुद्ध विद्युत मङ्गलबार साँझदेखि सुचारु



पाँचथर: इलामको माई नदीमा आएको बाढीले क्षतिग्रस्त काबेली करिडोर १३२ केभी प्रसारण लाइनको टावर पुनः ठड्याउन कम्तीमा छ महिना लाग्ने भएको छ । बाढीले क्षति पुर्‍याएको चारवटा टावर पुनः निर्माण गरी बिजुली आपूर्ति गर्न धेरै समय लाग्ने भएपछि विकल्पको विषयमा छलफल भइरहेको नेपाल विद्युत प्राधिकरण दुहवी ग्रीड महाशाखा प्रमुख रोशन खड्काले बताए ।

‘बाढीले क्षतिग्रस्त चारवटा टावर पुनः निर्माण गरी विद्युत आपूर्ति गर्न कम्तीमा छ महिना लाग्ने रहेछ, त्यसैले टावरको सट्टा अन्य विकल्प अपनाउन सकिन्छ कि भनेर छलफल भइरहेको छ,’ महाशाखा प्रमुख खड्काले भने, ‘जतिसक्दो चाँडो पुनः निर्माणका लागि पहल भइरहेको छ ।’ उनले क्षतिको विवरण अहिल्यै यकिन गर्न नसकिएको बताए ।

वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति

यसैबिच, बाढीले क्षतिग्रस्त काबेली करिडोर १३२ केभी प्रसारण लाइनको टावर पुनः निर्माण गर्न समय लाग्ने भएपछि वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति सुचारु गरिएको छ । १३२ केभी प्रसारण लाइनको विकल्पमा ३३ केभी प्रसारण लाइनमार्फत अस्थायी रुपमा विद्युत आपूर्ति गरिएको नेपाल विद्युत प्राधिकरण इलामका प्रमुख बिजुलीप्रसाद यादवले जानकारी दिए ।

गत शनिबारदेखि पूर्वी पहाडका तीन जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा अवरुद्ध विद्युत मङ्गलबार साँझदेखि सुचारु गरिएको हो । ‘झापाको बिर्तामोडस्थित अनारमनीको सबस्टेशनबाट धुलाबारी गएको ३३ केभी प्रसारण लाइन अन्तर्गत चारआलीबाट टेपिङ गरेर बुधबारे हुँदै इलामको फिक्कलसम्म ल्याइएको छ,’ प्रमुख यादवले भने, ‘फिक्कलबाट इलामको तिल्केनी ल्याएर पुनः गोदक सबस्टेशनमा पठाएर राष्ट्रिय प्रसारण लाइनमा जडान गरी हाइड्रोपावरलाई व्याकअप लिई तत्कालका लागि विद्युत आपूर्ति गरिएको हो ।’

इलामको सानिमा माई हाइड्रोपावर र पुवाखोला हाइड्रोपावरबाट क्षमताको आधारमा विद्युत सञ्चालन गरी तीन जिल्लामा विद्युत प्रवाह गरिएको यादवले बताए । पहिले नै निर्माण गरेर चालु नगरी छोडिएको ३३ केभी प्रसारण लाइनलाई तीन दिनसम्म मर्मत सम्भार गरी तत्कालका लागि विद्युत आपूर्ति गरिएको उनको भनाई छ ।

प्रमुख यादवले तत्कालका लागि विद्युत आपूर्ति भएपनि दीर्घकालीन समाधान नभएको बताए । ‘यो व्यवस्था दीर्घकालीन त हुन सक्दैन, धेरै काम गर्न लोडले थेग्न सक्दैन,’ प्रमुख यादवले भने, ‘अहिलेलाई बत्ती बाल्नका लागि मात्र यो उपाय अवलम्बन गरेका छौं ।’

काबेली करिडोर १३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने र यी क्षेत्रमा विद्युत सेवा वितरण सोही करिडोरको माध्यमबाट हुँदै आएको छ । यो प्रसारण लाइन निर्माण गर्न ११ वर्ष लागेको थियो ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी (तीन करोड १० लाख अमेरिकी डलर) मा सन् २००६ बाट थालनी भएको करिडोरको पहिलो चरण झापाको लखनपुरदेखि इलामको गोदकसम्म र दोस्रो चरण इलामदेखि पाँचथरको फिदिमसम्म पूरा भएको थियो ।

यो करिडोरबाट इधवा खोला, काबेली, हेवाखोला, तल्लो हेवाखोला लगायतबाट एक सय ८० मेगावाट बिजुली प्रवाह भइरहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १० : ३७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको