६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपन्यासकार मनु योङहाङको ऐतिहासिक उपन्यास”थोक्फेला”कोरियामा विमोचित



काठमाडौं, पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको उपन्यास “थोक्फेला” दक्षिण कोरियाको राजधानी सोलमा विमोचन भएको छ । योङहाङ समाज कोरियाले एक कार्यक्रम गरेर सुभेक्षा रेष्टुरेन्टको सभाहल दोङदेमुनमा सो उपन्यास विमोचन गरेको हो । उपन्यासकार मनु योङहाङको यो चौथो कृति हो ।

विमोचन कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सरोज योङहाङले गर्नुभएको थियो । प्रमुख अतिथि याक्थुङ चुम्लुङ द कोरियाको बरिष्ठ उपाध्यक्ष सन्तोश खेवा, बिशिष्ट अतिथि पुर्वि नेपाल समाजका उपाध्यक्ष पबित्रा थेबे, बिशेष अतिथि आदिबासी जनजाति महासङ्घ द कोरियाका अध्यक्ष बिसन राई, किरात राई यायोक्खाका अध्यक्ष पुरन याम्फु, पाँचथर सेवा समाजका अध्यक्ष रमेश लावती, अन्य अतिथिहरुमा पाँचथर सेवा समाजका नुवेन्द्र थाम्सुहाङ हुनुहुन्थ्यो । 

कोरियामा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेर उपन्यास थोक्फेलालाई सार्वजनिक गर्नु भयो। विमोचन कार्यक्रमको सन्चालन योङहाङ समाजको कोरियाको महासचिव सुजल योङहाङले गर्नुभएको थिय‍ो ।

कार्यक्रममा थोक्फेला उपन्यासमाथि चर्चा गर्नुहुदै पाँचथर सेवा समाजका नुवेन्द्र थाम्सुहाङले ऐतिहासिक पृष्ठभूमिमा लेखिएको यो उपन्यास भाषिक तथा प्रस्तुतिले यति रमाइलो र सहज छ कि पाठकलाई पढ्न शुरु गरेपछि अन्तसम्म बाँधेर राख्ने बताउनुभयो ।

“आधुनिक चिकित्सा विज्ञानलाई आजभन्दा तीन हजार वर्षअघिको इतिहास अझ कविलातन्त्रमा रमाइरहेको महिषपालवंश पछिको यलम्बरकालिन नयाँ सभ्यतालाई आख्यानको विधामा जोड्नु कम रोचक छैन् ।” उहाँले थप्नुभयो ।”लुङमाङगढको राजकुमारी थोक्फेला यो उपन्यासको मुलपात्र मात्रै नभएर इतिहासमा नै यतिको शक्तिशाली महिलापात्र जसको रणकौशल, कूटनीति र चातुर्यताको रोमान्चक कथाले उपन्यास शुरु गरेपछि छाड्न नै मन लाग्दैन ।”

अध्यक्ष सरोज योङहाङले पहिलो किराँती राजा यलम्बर र राजकुमारी थोक्फेलाको बेजोड प्रेमकथासँगै उपन्यासको परिवेशले रोमान्चक बनाउने बताउनु भयो । सो उपन्यासको बारेमा प्रमुख अतिथी र अतिथीहरुले चर्चा गर्नुभएको थियो ।

रीता थाम्सुहाङद्वारा प्रकाशित यो उपन्यास तीन सय छत्तीस पेज तथा साढे पचहत्तर हजार शब्दमा सिर्जना गरिएको छ । आजभन्दा अठाह्र वर्षअघि सम्वत् २०६३ सालमा लेखिएको यो कृतिमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उप-कुलपति प्रा.डा. दिलिप सुब्बा, प्रा.डा. विष्णु राई, प्राज्ञ मुनाराज शेर्मा, विश्लेषक शंकर तिवारी र रङ्वादी चिन्तक तथा कवि धर्मेन्द्रविक्रम नेम्बाङले लेख्नुभएको छ ।

उपन्यासकार योङहाङको यसअघि नै फूल, सप्तकोशीको किनारबाट र टिकट चिठ्ठीमा तीनवटा कृतिहरु सार्वजनिक भइसकेका छन् । हाल झापामा आफ्नो कर्मभूमि बनाउनुभएको उपन्यासकार पेशाले मावि तहको स्थायी गणित शिक्षक हुनुहुन्छ । हिलिहाङ डटकम परिवार उहाँको कृति थोक्फेलाको सफलताको कामना गर्दछौं ।

 

 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : २५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज