काठमाडौं, गतराती सम्पन्न युरोपेली नेशन्स कप फुटबलको ग्रुप बि को खेलमा दुईपटकको विश्वविजेता तथा गत विश्वकपको फाइनालिष्ट फ्रान्स इटालीसँग ३-१ ले पराजित भएको छ ।
फ्रान्सको पार्क डे प्रिन्स स्टेडियममा भएको खेलमा पहिलो मिनेटमानै पेरिस सेन्ट जर्मनका २२ वर्षिय बारिस बार्कोलाले फ्रान्सलाई अग्रता दिलाए ।
उता खेलको ३० मिनेटमा इन्टर मिलानको २६ वर्षिय फेडरिको डिमार्कोले बराबरी गोल फर्काउदा इन्टरकै २४ वर्षिय डेभिड फार्टेसीले ५० मिनेटमा अग्रता दोब्बर बनाए ।
खेलको ७४ मिनेटमा नापोलीका २४ वर्षिय जियोकोमो रास्पाडोरीले इटालीको लागि तेश्रो गोल गरे ।
प्रतिक्रिया