३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको फालेलुङ-५, लुङ्मादेनमा पहिरो । दुइ घर र गाईगोठमा क्षति



पाँचथर,फालेलुङ गाउँपालिका ५ नं.वडा लुम्मादिन पुछारमा पहिरो गएको छ ।  फालेलुङ गाउँपालिका ३ नं. वडा मच्छेबुङ र ५ नं.प्राङबुङ जोड्ने मच्छेबुङ-लुम्मादिन-डम्फुचोक-प्राङबुङ-भैसे-सुर्केथाम-चारराते मोटरबाटो अन्तरगत लुम्मादिन पुछारमा आज बिहान ५ बजेको समयमा गएको पहिरोले बगाएको कारण सो सडक पूर्णरुपमा बन्द भएको छ । उक्त मोटरबाटो तत्काल खोल्न नसक्ने अवस्था भएकोले सरोकारवाला सबैमा असुविधा पर्न गएको वडाध्यक्ष भरत कुमार खपाङ्गी मगरले बताउनु भएको छ ।
उहाँको अनुसार  सो पहिरोले सोही स्थानका सन्तोष कुमार केरुङको घर उच्च जोखिममा रहेकोले छिमेकी नरेन्द्र केरुङको घरमा सरी सक्नु भएको छ  । सो पहिरोले सन्तोष कुमार केरुङको बाख्राको सुधारिएको गोठ र गोरु बाँध्ने गोठ पूर्णरुपमा ध्वस्त भएको छ भने मानवीय तथा पशु चौपाया क्षति भएको छैन ।
त्यस्तै फालेलुङ गाउँपालिका ५ नं.वडाकै हात्तिखेम्बा पुछारका पदम बहादुर ज्ञाङ्मी मगर (मारुनी माहिला)को घर पहिरो कै कारण चिरा-चिरा परेको हुँदा उच्च जोखिममा रहेकोले आजै छिमेकी कृष्ण बहादुर ज्ञाङ्मीको घरमा सरी सक्नु भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ३५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु