७ चैत्र २०८१, शुक्रबार | March 21, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको फालेलुङ-५, लुङ्मादेनमा पहिरो । दुइ घर र गाईगोठमा क्षति



पाँचथर,फालेलुङ गाउँपालिका ५ नं.वडा लुम्मादिन पुछारमा पहिरो गएको छ ।  फालेलुङ गाउँपालिका ३ नं. वडा मच्छेबुङ र ५ नं.प्राङबुङ जोड्ने मच्छेबुङ-लुम्मादिन-डम्फुचोक-प्राङबुङ-भैसे-सुर्केथाम-चारराते मोटरबाटो अन्तरगत लुम्मादिन पुछारमा आज बिहान ५ बजेको समयमा गएको पहिरोले बगाएको कारण सो सडक पूर्णरुपमा बन्द भएको छ । उक्त मोटरबाटो तत्काल खोल्न नसक्ने अवस्था भएकोले सरोकारवाला सबैमा असुविधा पर्न गएको वडाध्यक्ष भरत कुमार खपाङ्गी मगरले बताउनु भएको छ ।
उहाँको अनुसार  सो पहिरोले सोही स्थानका सन्तोष कुमार केरुङको घर उच्च जोखिममा रहेकोले छिमेकी नरेन्द्र केरुङको घरमा सरी सक्नु भएको छ  । सो पहिरोले सन्तोष कुमार केरुङको बाख्राको सुधारिएको गोठ र गोरु बाँध्ने गोठ पूर्णरुपमा ध्वस्त भएको छ भने मानवीय तथा पशु चौपाया क्षति भएको छैन ।
त्यस्तै फालेलुङ गाउँपालिका ५ नं.वडाकै हात्तिखेम्बा पुछारका पदम बहादुर ज्ञाङ्मी मगर (मारुनी माहिला)को घर पहिरो कै कारण चिरा-चिरा परेको हुँदा उच्च जोखिममा रहेकोले आजै छिमेकी कृष्ण बहादुर ज्ञाङ्मीको घरमा सरी सक्नु भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ३५ बजे

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।

माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति

ताप्लेजुङमा बन्द जारी, नेता प्रदीप मादेन पक्राउ

ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु