काठमाडौं, प्रसिद्ध संगितकर्मी तथा गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ।
आज विहान ६ वजे मृगौला सम्बन्धि रोगको कारण उहाँको आफ्नै जन्मघर सिराहामा निधन भएको हो । उहाँ गत चालीस वर्षदेखि नेपाली सङ्गितमा सक्रिय हुनुहुन्थ्यो ।
‘मैले खुसी पाउँदा’, ‘जुनको चाँद’ , ‘कुन पापीले’ जस्ता सयौं लोकप्रिय गितहरुको संगित गरेर देश विदेशमा चर्चित गुरुदेव कामत काठमाडौबाट आफ्नै जन्मघर सिराहाको लक्ष्मपुर पतारी गाँउपालिका वडा नं २ पोखरभण्डामा जानुभएको थियो।
प्रतिक्रिया