६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माङसेवा याक्थुङ चुम्लुङ समाजको चौथो वार्षिक साधारण सभा सम्पन्न



विर्तामोड , अर्जुनधारा-११, स्थित माङसेवा याक्थुङ चुम्लुङ समाजको चौथो साधारण सभा सम्पन्न भएको छ। अर्जुनधारा-११, बसपार्क  स्थित सिलाम साक्मा होटलको सभाकक्षमा सम्पन्न सो साधारणसभा समाजको अध्यक्ष सुरेन्द्र खिम्दिङको अध्यक्षतामा भएको थियोे ।

विर्तामोड नगरपालिका वडा नं ५ को निवर्तमान वडाध्यक्ष तथा समाजसेवी राजेन्द्र लिङदेेन प्रमुख अतिथि रहनुभएको स‍ो कार्यक्रम संस्थाको सचिव रीता थाम्सुहाङ र सल्लाहकार हर्कजङ थुङहिमले गर्नुभएको थियो।

उपाध्यक्ष तथा ऋण समितिको संयोजक चन्द्रकला योङहाङद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको सो साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, सचिव रीता थाम्सुहाङद्वारा प्रस्तुत साँगठनिक प्रतिवेेेदन र कोषाध्यक्ष रुपा लिङखिमद्रारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थिय‍ो  ।

समाजका जेष्ठ नागरिकहरु, शेरबहादुर बेघा, वीरबहादुर माबो, कमला लिङखिम, रामकुमारी लिम्बु र  मन कुमारी थेबेलाई सम्मानित  गरिएको सो साधारण सभामा सूर्य योङहाङद्वारा व्यवस्थापन गरिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : ५९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज