१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको खेजेनिममा पहिरो, जुम्ल्याहा बच्चा सहित एकैपरिवारको चारजनाको मृत्यु



ताप्लेजुङ, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा गतराती गएको पहिरोमा परेर जुम्ल्याहा बालिका सहित  एकै परिवारको चारजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

साविक खेजेनिम-६, खेजेनिम माविको छेवैमा गएको पहिरोमा परेर फक्ताङलुङ गााउपालिका उपाध्यक्ष रविन(बिकास) साम्बाको ७० वर्षिय पिता रामबहादुर साम्बा, ५० वर्षिय आमा रनमाया साम्बा र नौ वर्षिय जुम्ल्याहा बहिनी गंगा र जमुना रहेको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले बताए । उनिहरुको शव घरदेखि पचास मिटर तल फेला परेको  र पचास वटा बाख्रा र तिसवटा कुखुरा सहितको  पशुचौपाया पनि पुरिएको बताइएको छ । यसरी नै पहिरोमा परेर ४० वर्षिय युगेन लिम्बू र उनको  ३ वर्षिय छोरी घाइते छन् ।

दुवै परिवारको घर पुरिएको र पूर्णरूपले क्षति भएको बताइएको छ ।

बुधबारदेखि परेको अविरल वर्षाबाट आएको बाढीले फक्ताङलुङमा छ वटा पुल बगाएपछि यातायात अवरुद्घ बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ९ : ११ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको