३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ-३,जौबारीमा ट्याक्सी दुर्घटना, नौ घाइते



पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ र ५ को सिमाना जौवारीमा आज ट्याक्सी दुर्घटना हुंदा चालक सहित ट्याक्सीमा सवार नौ जना यात्रु घाइते भएका छन्।

झापा विर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको मे १ ज २४४२ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट ३ मिटर तल झर्दा स‍ो दुर्घटना भएको पाँचथर प्रहरीले जनाएको छ।

पाँचथर प्रहरीको अनुसार ५ जना गम्भीर घाइतेहरुमा ताप्लेजुङ फुङलिङ-१ का २३ वर्षिया संगिता साप्कोटा र १७ वर्षिय अर्जुन साप्कोटा, फुङलिङ-२ कै ७२ वर्षिय सुरजकुमारी लिम्बू, फुङलिङ-२ कै ३० वर्षिया कला लिम्बू र पाँचथर कुम्मायक-३ का ३३ वर्षिय चालक खगेन्द्र गदाल छन् ।

सामान्य घाइतेहरुमा फुङलिङ-२ का ३१ वर्षिय कमल लिम्बू , फुङलिङ-२ कै १२ वर्षिया कृष्टिना लिम्बू र सोही ठाउँको ११ वर्षिया कृष्टिन लिम्बू छन्।

बाक्लो हुस्सुको कारण दुर्घटना भएको र  घाइतेहरुक‍ो पाँचथरको स्वास्थ्य केन्द्र गोपेटार, जिल्ला अस्पताल फिदिम र समर्पित अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ९ : ५६ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।