१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।



विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा जिल्लाको दुई दर्जन बढि शिक्षकहरुलाई सम्मान,कदर तथा पुरस्कृत गरेको छ ।

भक्ति सिटौला स्मृति पुरस्कारबाट दिपेन्द्र आवि शिवसताक्षीका महेश खड्का तथा पुण्यप्रसाद सिटौला स्मृति पुरस्कारबाट वाणी मावि कमलका गोपाल भुजेल र खजुरगाछी मावि गौरीगन्जका गेहेन्द्र प्रसाद शाह र मोहनमाया मावि विर्तामोडका मुकुन्द ढकाल पुरस्कृत हुनुभएको छ ।

उत्कृष्ट शिक्षकको पुरस्कार भने सहिद आवि गौरादहका कार्तिकलाल गनगाई र फूलबारी मावि बाह्रदशीका तारा पाठक उप्रेतीले पाउनुभएको नेपाल शिक्षक संघले जनाएको छ।

उता उत्कृष्ट शिक्षक सम्मान भने अरनिको मावि भद्रपुरका जीवन गुरागाई, भानु मावि अर्जुनधाराका भिमप्रसाद उप्रेती, आदर्श विद्यामन्दिर मावि कनकाइका जितनी चौधरी, सरस्वती मावि दमकका गणेश खनाल, अरुणोदय प्रावि गौरादहका इन्द्रबहादुर कटुवाल, राष्ट्रिय प्रावि गौरीगन्जका गोमा तिम्सिना, नरेन्द्र जनता मावि कमलका लक्ष्मी प्रसाईं, कुवाडीदेवि मावि झापाका जमुना न्यौपाने र कटरडाँगी आवि बाह्रदशीका दिलबहादुर गुरुङले प्राप्त गर्नुभएको बताइएको छ।

उता उत्कृष्ट प्रधानाध्यापकको पुरस्कार भने क्रमश: आदर्श मावि बुद्धशान्तिका करण पराजुली, राष्ट्रिय एकता प्रावि  हल्दिवारीका द्वारिका सुवेदी र जानकी आवि कनकाइका इन्दिरा पाठक( प्रसाईं )ले प्राप्त गरेको जनाइएको छ।

नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति झापाद्वारा आयोजित सो कार्यक्रममा नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोया दाहालको अध्यक्षता तथा सचिव देवेन्द्र राजवंशीले सन्चालन गर्नुभएको थियोे। विशिष्ट अतिथी शिक्षा विकास तथा समन्वय इकाई झापाको प्रमुख राजकुमार विक, अतिथीहरुमा नेपाली काङ्ग्रेस झापाको सचिव कृष्ण हुमागाई र उपसभापति केशव पाण्डे तथा प्रमुख अतिथीमा नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति तथा पूर्व मुख्यमन्त्री माननीय उद्वव थापा हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : ५८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको