१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।



काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको मावि तहको शिक्षकको प्रथम पत्रको परिक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

देशभरका सातै प्रदेशका ३६ हजार ४२६ जनाले परिक्षा दिएकोमा १२ हजार ७४० जनाले पास गरेको आयोगले जनाएको छ  जुन्  ३४.९७ प्रतिशत हो ।

सबैभन्दा बढि ९ हजार १४१ जनाले परिक्षा दिएको कोशी प्रदेशबाट २ हजार ८४७ जनाले उत्तिर्ण गरेका छन् भने मधेशका २ हजार ८१ जनामा ५०२ जना सफल भएका छन् ।

बागमती प्रदेशबाट सहभागी भएका ७ हजार ३८२ जनामा  २ हजार ७२२ जना सफल हुंदा गण्डकीबाट ३ हजार ४४२ जना सफल भएका छन् जहाँबाट ८ हजार ५०० जना सहभागी थिए ।

उता लुम्बिनी,कर्णाली र सुदुर पश्चिम प्रदेशबाट भने क्रमश: १ हजार ५६८, ८०० र ८५९ जना सफल हुनुभएको छ । ति प्रदेशहरुबाट ४ हजार १६८, २ हजार ८५५ र २ हजार २९९ जनाले परिक्षा दिएको बताइएको छ ।

बिषयगत परिक्षा भने यहि २०८१ साल जेठ २६ गते हुने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ५७ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत