१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोडको नेपाल शिक्षक महासंघको अध्यक्षमा युवराज कट्टेल पुन: निर्वाचित



विर्तामोड,झापाको विर्तामोड नगरपालिकामा युवराज कट्टेलको अध्यक्षतामा नेपाल शिक्षक महासंघ गठन भएको छ । निर्विरोध निर्वाचित भएका अध्यक्ष कट्टेल नेपाल शिक्षक संघको जिल्ला सह-सचिव हुनुको साथै यसअघि पनि शिक्षक महासंघको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

महासंघको पदाधिकारीहरुमा सह-अध्यक्ष,उपाध्यक्ष,महिला उपाध्यक्ष,सचिव,सह-सचिव र अर्थ सह-सचिवमा क्रमश: तीर्थराज कट्टेल,दिनेशकुमार बाँस्कोटा,प्रमिला भण्डारी,उमानाथ भण्डारी,कैलाश पोख्रेल र हरिप्रसाद दंगाल निर्विरोध निर्वाचित भएका छन्।

देवी माध्यमिक विद्यालय विर्तामोड-५ को सभाहलमा भएको नेपाल शिक्षक महासंघ विर्तामोडको दोश्रो नगर अधिवेशन घोषणा सभामा प्रमुख अतिथी महासंघको संस्थापक सचिव उमेश शाह र अन्य अतिथीहरुमा महासंघको निवर्तमान अर्थ सचिव लिला प्रसाद भण्डारी,शिक्षक युनियनको पूर्व उपाध्यक्ष कृष्णमाया रिजाल,शिक्षक संघ ताप्लेजुङका पूर्व उपाध्यक्ष देउमाया ओझा,शिक्षक संघ विर्तामोड अध्यक्ष जयकुमार प्रसाई,नेल्टाका अध्यक्ष धर्मेन्द्र भट्टराई सहित विर्तामोडका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु हुनुहुन्थ्यो ।

निर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्रसमेत वितरण गरिएको सो कार्यक्रममा उमेश शाह,कृष्णमाया रिजाल र लिलाप्रसाद भण्डारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिबद्धता ब्यक्त गर्नेक्रममा नवनिर्वाचित अध्यक्ष युवराज कट्टेललेअधिकार र कर्तब्य जिम्मेवारी बोधका साथ अघि बढ्ने बताउदै समतामूलक समाज निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे । अध्यक्ष कट्टेलले भने-“शिक्षक कर्मचारी कल्याण कोष निर्माणको लागि छलफल गरिनेछ । राज्यले शिक्षा क्षेत्रमा गरेको उपेक्षालाई खबरदारी गरिनेछ ।”

उमानाथ भण्डारीले संचालन गर्नुभएको सो कार्यक्रममा गोविन्दप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ४५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र