२६ असार २०८२, बिहिबार | July 10, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“डेढलाख शिक्षकहरुको आन्दोलनबाट प्राप्त सम्झौतामा अन्तिम हस्ताक्षर मैले गरेको हुं ।”अध्यक्ष सोमनाथ गिरी



पाँचथर, नेपाल शिक्षक संघको संघिय अध्यक्ष सोमनाथ गिरीले काठमाडौंमा शिक्षकहरुले गरेको ऐतिहासिक आन्दोलनको सम्झौतामा आफूले सो सम्झौता शिक्षकहरुको पक्षमा रहेको बुझेपछिमात्रै अन्तिममा हस्ताक्षर गरेको बताउनुभएको छ। फिदिममा नेपाल शिक्षक संघको कोशी प्रदेशको पाँचौं प्रतिनिधि सभा उद्घाटन गर्दै अध्यक्ष गिरीले सो कुरा भन्नु भएको हो ।

कोशी प्रदेशको प्रदेश सभापती तेजप्रकाश चौलागाईको अध्यक्षता तथा प्रदेश महासचिव मातृका न्यौपानेद्वारा संचालित सो प्रतिनिधी सभाको प्रमुख अतिथी नेपाल शिक्षक संघ,संघिय अध्यक्ष सोमनाथ गिरी र अन्य अतिथीहरुमा उपाध्यक्ष वीरेन्द्र खड्का,महासचिव ज्ञानेन्द्र बहादुर रावल ,उपमहासचिव तथा प्रवक्ता नारायण प्रसाद तिमिल्सेना हुनुहुन्थ्यो ।

अन्य अतिथीहरुमा नेपाली काङ्ग्रेस पाँचथरका सभापती रुपनारायण जवेगु,पूर्व सभापती नरेन्द्रकुमार केरुङ तथा पाँचथरका फिदिम नगरपालिकाको मेयर मित्रप्रसाद काफ्ले,हिलिहाङ गाँउपालिकाको अध्यक्ष समरबहादुर अधिकारी,फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङदेम्बे तथा तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्का एवम् पाँचथर जिल्ला समन्वय समितीको प्रमुख रामराज आङ्देम्बे हुनुहुन्थ्यो ।

प्रदेश महिला उपाध्यक्ष रामकुमारी भण्डारीद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको सो प्रतिनिधी सभालाई सम्बोधन गर्दै अतिथी तथा पाँचथर सभापती रुपनारायण जवेगुले नेपाली काङ्ग्रेसले सधै शिक्षकहरुको मागलाई सम्बोधन् गर्ने बताउनुभयो भने नरेन्द्रकुमार केरुङले शिक्षकहरु समाजका ज्ञानका सम्बाहक भएको बताउनुभयो ।

सो प्रतिनिधी सभालाई सम्बोधन् गर्ने क्रममा हिलिहाङ गाँउपालिकाको अध्यक्ष समर बहादुर अधिकारीले गाँउपालिकाले सदैव शिक्षकहरुको पक्षमा काम गर्ने बताउनु भयो भने फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङ्देम्बेले भने संघिय शिक्षा ऐनले काम गर्न सहज नभएकोले सो ऐन फिर्ता गर्नुपर्ने बताउनुभयो ।

उता तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्काले भने शिक्षकहरुले कक्षाकोठामा आफूलाई अब्बल राख्नुपर्ने बताउदा जिसस प्रमुख रामराज आङ्देम्बेले भने आफूपनि पूर्व शिक्षक भएकोले शिक्षकहरुको हितमा काम गर्ने बताउनु भयो ।

सो उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै संघिय उपाध्यक्ष वीरेन्द्र खड्काले नेपाल शिक्षक संघमा लागेर आफूले कुनै अवसर नपाएता पनि शिक्षक बनेर सगर्व टाउको उठाउन पाएको बताउनुभयो ।

“हामीले डेढ लाख शिक्षकहरु काठमाडौंमा उतारेको र यहि आन्दोलनको बलमा गरिएको सम्झौंतामा अन्तिममा मात्रै मैले हस्ताक्षर गरेको छु ।” अध्यक्ष सोमनाथ गिरीले भन्नुभयो ।”हामी नेपाली काङ्ग्रेसको हामीप्रति गरिने व्यवहारको अवलोकन गरिरहेका छौं ।”

सो सभामा केन्द्रिय उपाध्यक्ष बीरेन्द्र खड्का पुरस्कृत प्रधानाध्यापक खड्क खरेल र कार्यक्रमको अध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौंलागाइले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ५० बजे

एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित

काठमाडौै, एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध

एएफसी महिला छनोट उज्वेकिस्तान: ८० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-३ ले बराबरी

काठमाडौै, एएफसी महिला छनोट खेलमा ८० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध

एएफसी महिला छनोट उज्वेकिस्तान: ४० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-१ ले पछि

काठमाडौं, अष्ट्रेलियामा हुने एएफसी महिला एसियाकपकफ उज्जेकिस्तानमा जारी छनोट खेलमा

एएफसी एसिया कप महिला छनोट उज्वेकिस्तान: नेपालद्वारा श्रीलङ्का ८-० ले पराजित

काठमाडौै, सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी एसियाकपको लागि उज्वेकिस्तानमा

एएफसी महिला छनोट उज्वेकिस्तान: ६२ मिनेटमा नेपाल श्रीलङ्का विरुद्ध ६-० ले अघि

काठमाडौै, उज्वेकिस्तानमा जारी एएफसी महिला छनोटको खेलमा ६२ मिनेटमा नेपाल