३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“राहत शिक्षकका नेताहरु आफू प्रोफेसर हुने दाउमा छन् ।”-उपाध्यक्ष खड्का ।



पाँचथर,पाँचथरकाे फिदिममा नेपाल शिक्षक संघको कोशी प्रदेशको पाँचौं प्रतिनिधि सभा सम्पन्न भएको छ। कोशी प्रदेशको प्रदेश सभापती तेजप्रकाश चौलागाईको अध्यक्षता तथा प्रदेश महासचिव मातृका न्यौपानेद्वारा संचालित सो प्रतिनिधी सभाको प्रमुख अतिथी नेपाल शिक्षक संघ,संघिय अध्यक्ष सोमनाथ गिरी र अन्य अतिथीहरुमा उपाध्यक्ष वीरेन्द्र खड्का,महासचिव ज्ञानेन्द्र बहादुर रावल ,उपमहासचिव तथा प्रवक्ता नारायण प्रसाद तिमिल्सेना हुनुहुन्थ्यो ।अन्य अतिथीहरुमा नेपाली काङ्ग्रेस पाँचथरका सभापती रुपनारायण जवेगु,पूर्व सभापती नरेन्द्रकुमार केरुङ तथा पाँचथरका फिदिम नगरपालिकाको मेयर मित्रप्रसाद काफ्ले,हिलिहाङ गाँउपालिकाको अध्यक्ष समरबहादुर अधिकारी,फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङदेम्बे तथा तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्का एवम् पाँचथर जिल्ला समन्वय समितीको प्रमुख रामराज आङ्देम्बे हुनुहुन्थ्यो ।

प्रदेश महिला उपाध्यक्ष रामकुमारी भण्डारीद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको सो प्रतिनिधी सभालाई सम्बोधन गर्दै अतिथी तथा पाँचथर सभापती रुपनारायण जवेगुले नेपाली काङ्ग्रेसले सधै शिक्षकहरुको मागलाई सम्बोधन् गर्ने बताउनुभयो भने नरेन्द्रकुमार केरुङले शिक्षकहरु समाजका ज्ञानका सम्बाहक भएको बताउनुभयो ।

सो प्रतिनिधी सभालाई सम्बोधन् गर्ने क्रममा हिलिहाङ गाँउपालिकाको अध्यक्ष समर बहादुर अधिकारीले गाँउपालिकाले सदैव शिक्षकहरुको पक्षमा काम गर्ने बताउनु भयो भने फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष बृजहाङ आङ्देम्बेले भने संघिय शिक्षा ऐनले काम गर्न सहज नभएकोले सो ऐन फिर्ता गर्नुपर्ने बताउनुभयो ।

उता तुम्बेवा गाँउपालिकाको अध्यक्ष बाबुराम खड्काले भने शिक्षकहरुले कक्षाकोठामा आफूलाई अब्बल राख्नुपर्ने बताउदा जिसस प्रमुख रामराज आङ्देम्बेले भने आफूपनि पूर्व शिक्षक भएकोले शिक्षकहरुको हितमा काम गर्ने बताउनु भयो ।

सो उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै संघिय उपाध्यक्ष वीरेन्द्र खड्काले नेपाल शिक्षक संघमा लागेर आफूले कुनै अवसर नपाएता पनि शिक्षक बनेर सगर्व टाउको उठाउन पाएको बताउनुभयो ।

“हामीले डेढ लाख शिक्षकहरु काठमाडौंमा उतारेको र यहि आन्दोलनको बलमा गरिएको सम्झौंतामा कुनै धोका भएमा सह्य हुनेछैन ।” उपाध्यक्ष खड्काले भन्नुभयो-“राहत शिक्षकका नेताहरु केन्द्रमा भने आफू कलेजमा पढाएर स्थायी प्रोफेसर हुने दाउमा रहेका तर गाँउघरमा भने रकम उठाएर दुरुपयोग गरिरहेका छन् ।”

सो सभामा केन्द्रिय अध्यक्ष सोमनाथ गिरी र कार्यक्रमको अध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौंलागाइले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ३५ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।