काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात सय अठहत्तर जना शिक्षकहरुको विज्ञापन गरेको छ ।
विषयगत रुपमा सबंभन्दा बढि अंग्रेजी विषयमा १७६जना र कम शुक्ल यजुर्वेद र कम्प्युटरमा १,१ जना रहेको आयोगले जनाएको छ । नेपाली विषयमा भने ११७ जना माग गरिएकोमा कोशी प्रदेशमा ३३,मधेशमा ७,बागमती,गण्डकी र लुम्बिनीमा २१, ४२र ७ जना तथा कर्णाली र सुदुरपश्चिममा क्रमश: १ र ६ जना माग गरिएको हो ।
अंग्रेजीमा भने कोशीमा ४०,मधेशमा १२,बागमती,गण्डकी र लुम्बिनीमा ३५,४६ र २७ जना तथा कर्णाली र सुदुरपश्चिममा क्रमश: ६ र १० जना माग गरिएको हो।
गणित विषयमा भने १२८ जना माग गरिएकोमा कोशी प्रदेशमा २१,मधेशमा ३,बागमती,गण्डकी र लुम्बिनीमा ५०,२९ र १२ जना तथा कर्णाली र सुदुरपश्चिममा क्रमश: ९ र ७ जना माग गरिएको आयोगले जनाएको छ ।
विज्ञानमा १६३ जना माग गरिएकोमा कोशी प्रदेशमा १९,मधेशमा १२,बागमती,गण्डकी र लुम्बिनीमा ४७,३५ र २५जना तथा कर्णाली र सुदुरपश्चिममा क्रमश: १२ र १३ जना माग गरिएको हो।
सामाजिक विषयमा भने १२२ जना माग गरिएकोमा कोशी प्रदेशमा २८,मधेशमा ९,बागमती,गण्डकी र लुम्बिनीमा ३,१ र ३जना तथा कर्णाली र सुदुरपश्चिममा क्रमश: २ र ३ जना माग गरिएको हो ।
लिखित परिक्षा यहि २०८१ साल बैशाख ८ गते हुने तथा आवेदन शुल्क रु७०० र समावेशीमा थप रु ५०० लाग्ने आयोगले जनाएको छ ।अनलाइन आवेदन यहि २०८० चैत्र १ गतेसम्म र डबल दस्तुरमा चैत्र ८ गतेसम्मभर्न सकिने आयोगले जनाएको छ ।
प्रतिक्रिया