काठमाडौं,पाँचथरका नोगेन हाङसरुम्बा रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको इपिसोड २९बाट फाइनलमा पुगेका छन् ।
“भगाइ लाने सल्लाह मात्रै भो ” बोलको गितबाट आफ्नो प्रस्तुति दिएका नोगेनले यसपटकमा राम्रै भोट पाएर टप थ्री हुदै फाइनलमा पुगेका हुन् ।
उता मै मरि जाउँला जिवन छोटो छ गित प्रस्तुत गरेकी मनाङकी तेन्जिङ डोल्मा गुरुङ भने बटममा रहदै प्रतियोगिताबाट बाहिरिइन् ।
टिम प्रमोदबाट नोगेनसंगै टिम मिलनबाट कुमार श्रीस र टिम उदयबाट विनोद राई फाइनलमा पुग्दा अब टिम राजेशबाट मोनिका राई र मकर तामाङबिच फाइनलको लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया