काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको इपिसोड अठ्ठाइसबाट पाँचथर याङनामको नोगेन हाङसरुम्बा टप सिक्समा प्रवेश गरेका छन्। “आज मन उडेर भाग्छ..” बोलको गितबाट पर्फरमर अफ द डे समेत बनेको नोगेनलाई अपेक्षाकृत कम भोट आउदा बटम टु मा परेका थिए ।
उता यो दिल मेरो तिम्रै लागी हो बोलको गित गाएकी दार्जिलिङ्गे चेली प्रिजा प्रधान भने बटममा रहंदै भ्वाइसबाट बाहिरिइन् । प्रिजाको आगामी साँंगितिक यात्रामा सफलताको कामना ।नोगेनसंगै टप सिक्समा अब मोनिका राई,मकर योन्जन,विनोद राई,तेन्जिङ डोल्मा र कुमार श्रीस पुगेका छन्।
प्रतिक्रिया