२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो चार सय छत्तीस मावि शिक्षकको विज्ञापन



काठमाडौं,शिक्षक सेवा आयोगले माध्यमिक तहको ४३६ जना शिक्षकहरुको विज्ञापन गरेको छ।माग गरिएको शिक्षकहरुमा सबैभन्दा बढि विज्ञान विषयमा १२४ जना र कम संस्कृत ब्याकरण र कम्प्युटरमा ३,३ जना रहेका छन्।

विषयगत रुपमा भने नेपालीमा ६७ जना रहेका छन्।कोशी प्रदेशमा १२ खुलासहित २३ जना,मधेशमा ४,बागमतीमा ८,गन्डकीमा २१,लुम्बिनीमा ५,कर्णालीमा ६ र सुदुरपश्चिममा १ जना रहेका छन्।

अंग्रेजीमा भने ७९ जना रहेको र कोशी,मधेश,बागमतीमा क्रमश:२३,२ र १७ जना रहेका र गण्डकी,लुम्बिनी,कर्णाली र सुदुर पश्चिममा १५,५,८ र ९ जना माग गरिएको छ।

गणितमा ८५ माग गरिएकोमा सबैभन्दा बढि गण्डकीमा १४ खुलासहित २५ जना,कोशीमा १३ खुलासहित २३ जना,बागमतीमा १२ खुलासहित २१ जना,मधेसमा २ जना,लुम्बिनीमा १० जना,कर्णालीमा १ जना र सुदुरपश्चिममा ३ जना रहेका छन्।

सबैभन्दा बढि १२४ माग गरिएको विज्ञानमा भने कोशीमा १५ खुलासहित २७ जना,बागमतीमा १२ खुलासहित २१ जना,गण्डकीमा १७ खुलासहित ३१ जना,कर्णाली,लुम्बिनी,मधेश र सुदुर पश्चिममा क्रमश:१०,१८,८ र ९ जना रहेका छन्।

सामाजिकमा ५३ जना माग गरिएकोमा कोशी,मधेश,बागमती र गण्डकीमा ११,७,१० र १६ जना छन् । उता लुम्बिनी,कर्णाली र सुदुर पश्चिम प्रदेशमा भने १६,४ र ५ जना मागिएको छ।

अर्थशास्त्रमा ७ जना,लेखामा १५ जना माग गरिएको आयोगले जनाएको छ।

अनलाइन फर्म भर्ने अन्तिम म्याद २०८० माघ ८ सम्म र परीक्षा २०८० साल चैत ३ गते हुने बताइएको छ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ५१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक