१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो चार सय छत्तीस मावि शिक्षकको विज्ञापन



काठमाडौं,शिक्षक सेवा आयोगले माध्यमिक तहको ४३६ जना शिक्षकहरुको विज्ञापन गरेको छ।माग गरिएको शिक्षकहरुमा सबैभन्दा बढि विज्ञान विषयमा १२४ जना र कम संस्कृत ब्याकरण र कम्प्युटरमा ३,३ जना रहेका छन्।

विषयगत रुपमा भने नेपालीमा ६७ जना रहेका छन्।कोशी प्रदेशमा १२ खुलासहित २३ जना,मधेशमा ४,बागमतीमा ८,गन्डकीमा २१,लुम्बिनीमा ५,कर्णालीमा ६ र सुदुरपश्चिममा १ जना रहेका छन्।

अंग्रेजीमा भने ७९ जना रहेको र कोशी,मधेश,बागमतीमा क्रमश:२३,२ र १७ जना रहेका र गण्डकी,लुम्बिनी,कर्णाली र सुदुर पश्चिममा १५,५,८ र ९ जना माग गरिएको छ।

गणितमा ८५ माग गरिएकोमा सबैभन्दा बढि गण्डकीमा १४ खुलासहित २५ जना,कोशीमा १३ खुलासहित २३ जना,बागमतीमा १२ खुलासहित २१ जना,मधेसमा २ जना,लुम्बिनीमा १० जना,कर्णालीमा १ जना र सुदुरपश्चिममा ३ जना रहेका छन्।

सबैभन्दा बढि १२४ माग गरिएको विज्ञानमा भने कोशीमा १५ खुलासहित २७ जना,बागमतीमा १२ खुलासहित २१ जना,गण्डकीमा १७ खुलासहित ३१ जना,कर्णाली,लुम्बिनी,मधेश र सुदुर पश्चिममा क्रमश:१०,१८,८ र ९ जना रहेका छन्।

सामाजिकमा ५३ जना माग गरिएकोमा कोशी,मधेश,बागमती र गण्डकीमा ११,७,१० र १६ जना छन् । उता लुम्बिनी,कर्णाली र सुदुर पश्चिम प्रदेशमा भने १६,४ र ५ जना मागिएको छ।

अर्थशास्त्रमा ७ जना,लेखामा १५ जना माग गरिएको आयोगले जनाएको छ।

अनलाइन फर्म भर्ने अन्तिम म्याद २०८० माघ ८ सम्म र परीक्षा २०८० साल चैत ३ गते हुने बताइएको छ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ५१ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका