५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जाजरकोटमा भूकम्प,जाजरकोट र रुकुममा ७२ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी,सिडिओ कार्यालय र २ वटा दरबार क्षतिग्रस्त



जाजरकोट,गतराती ११:४५ बजे जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा ७२ जना बढीको मृत्यु भएको प्रहरी र स्थानीयले बताएका छन्।

भूकम्पमा परेर जाजरकोटको नलगाढ नगरपालिकाको उपमेयर सरिता सिंह लगायत ३७ जनाको निधन भएको जाजरकोट प्रहरीले जनाएको छ।उहाँ नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुको साथै अविवाहित युवा नेता हुनुहुन्थ्यो।घरैमा च्यापिएको उहाँलाई अस्पताल पुर्याए लगत्तै निधन भएको बताइएको छ।भेरी-११ का शिवशंकर माविको प्रधानाध्यापक सनतकुमार शर्माको अनुसार जाजरकोटको सदरमुकाम खलंगामा जिल्ला प्रशासन कार्यालय लगायत दुईवटा दरवार क्षतिग्रस्त भएका छन् ,नचर्किएको कुनै घर छैन।सदरमुकामको वडा नं १ र २ शहरीक्षेत्रमा व्यापक क्षति भएको र मृतकको संख्या अझै बढि हुनसक्ने उहाँले बताउनुभयो।भूकम्पको केन्द्रविन्दु बारेफाँट गाउँ पालिका रामीडाँडामा फोन सम्पर्क हुन नसकेको र क्षतिको अझै विवरण प्राप्त हुननसकेको बताइएको छ।

उता रुकुममा पनि भुकम्पमा परेर ३५ जनाको निधन भएको बताइएको छ।पश्चिम रुकुम भूकम्पको केन्द्रविन्दु नजिकै रहेकोले क्षति भएको बताइएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज