२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मलेसियालाई ६ विकेटले हराउदै नेपाल टि-२० विश्वकप छन‍ोटको सेमिफाइनलमा



काठमाडौ,मलेसियालाई ६ विकेटले हराउदै नेपाल टि-२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।आज त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले ९ विकेटको क्षतिमा दिएको १६६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो।

नेपालको जितमा कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोडे भने २ छक्का र ४ चौका सहित २४ बलमा कुशल भूर्तेलले ४३ रन र आशिफ शेखले ३२ रनको योगदान गरे।सन्दिप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे।

मलेसियाको लागि शैयद अजिजले ८ चौका र २ छक्काले ४९ बलमा ६८ रन र अहमज जुवैदीले १६ बलमा ३ चौकासहित २४ रन जोडे।शर्विन मुनिन्दा र युविन मुनीले १३,१३रन जोडे।नेपालको लागि अभिनाश बोहोराले ४ तथा सन्दिप लामिछाने,  गुलशन झा र रोहित पौडेलले समान १,१विकेट लिए।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : ३८ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण