१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाकप क्रिकेट-नेपालद्वारा भारतलाई २३१ रनको लक्ष्य



काठमाडौं,एसियाकप क्रिकेटमा नेपालले भारतलाई २३१ रनकाे लक्ष्य दिएको छ।श्रीलंकाकाे क्यान्डीमा भइरहेको खेलमा भारतले टस जितेर बलिङ राेजेकाे थियाे।

नेपालले आरिफ सेखकाे ५८ रनकाे मद्दतले ४८.२ ओभरमा १० विकेटको क्षतिमा २३० रनको सम्मानजनक याेगफल तयार पारेकाे थियाे।आरिफले ९७ बलकाे सामना गर्दै ८चौकाकाे मद्दतले ५८ रनकाे अर्धशतक खेले।पुछारमा ब्याटिङ गर्न आएका साेमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रनकाे याेगदान गरे।उता ओपनर कुशल भूर्तेलले विष्फोटक ब्याटिङ गर्दै २५ वलमा २ छक्का र ३ चौकासहित ३८ रन बनाएर पेभेलियन फर्किए ।२५ वलमा ३ चौकासहित दिपेन्द्र सिं ऐरीले २९ रन र ३५ वलमा ३ चौकासहित गुल्सन झाले २३ रनकाे याेगदान गरे।

सन्दिप लामीछाने ९ रन,भिम सार्की ७ रन,राेहित पौडेल ५ रन र कुशल मल्लले २ रन बनाउदा करन केसीले २ रन जाेडे।

भारतका लागि रविन्द्र जडेजाले३,माेहम्मद सिराजले३,हार्दिक पान्डेय,माेहम्मद सामी र सार्दुल ठाकुरले १,१ विकेट लिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ३४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको