२१ कार्तिक २०८२, शुक्रबार | November 7, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“युवापुस्तामा रहेकाे सत्तामाेह ,दस पन्ध्र वर्ष प्रतिपक्षमा बसेर अडिने कार्यकर्ताले गुमेकाे साख फर्काउने “-सहमहामन्त्री भिष्मराज आङदेम्बे



पाँचथर,नेपाली काङ्ग्रेसको सहमहामन्त्री भिष्मराज आङदेम्बेले नेपाली काङ्ग्रेसको युवापुस्तामा जवरजस्त सत्तामाेह रहेकाे र दस पन्ध्र वर्ष प्रतिपक्षमा बस्नुपर्ने र याे अवस्थामा  रहेर अडिएका कार्यकर्ताहरुबाट कांग्रेसको गुमेकाे साख फर्कने  बताउनुभएको छ।पाँचथर प्रदेश सभा क क्षेत्रीय कार्यसमितिले हालै पाँचथरकाे चतुरे बजारमा आयाेजना गरेकाे क्षेत्रीय सम्मेलनलाई सम्बाेधन गर्दै सहमहामन्त्री आङ्देम्बेले साे कुरा बताउनुभएको हाे।

सहमहामन्त्रीले विधानत:केन्द्रिय सभापति दुइचोटी भन्दा बढी निर्वाचित हुने व्यवस्था नभएकोले आगामी महाधिवेशनमा केन्द्रीय सभापति पदकाे लागि क्रान्तिकारी साथीहरु, सभापतिकै उमेरदेखि युवा साथीहरु समेत सभापति संग नजिककाे सम्बन्ध बनाउन थालेकाे बताउदै संगठन तथा जनताकाे लागि काम गर्न सम्पूर्ण नेपाली काङ्ग्रेसको नेता,क्रियाशिल सदस्य,साधारण सदस्य तथा शुभेच्छुक एवम्  भातृसंगठनका सदस्यहरुलाई अनुरोध गर्नुभयाे।

प्रदेश क क्षेत्रीय कार्यसमितिकाे सभापति भगिश्वर याेङहाङकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा नेपाली काङ्ग्रेसको नेता देवराज चालिसे,जिल्ला सभापति रुपनारायण जवेगु,पूर्व सभापति नरेन्द्र कुमार केरुङ,प्रदेश ख का सभापति तथा प्रदेश सांसद मैयाँ श्रेष्ठ लावती लगायतले सम्बाेधन गर्नुभएको थियाे।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : २८ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण