३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“युवाहरुलाई राेजगारी अवसरकाे सिर्जना कांग्रेसले गर्नेछ “-महामन्त्री गगन थापा



झापा,नेपाली काङ्ग्रेसको महामन्त्री गगन थापाले देशमा युवाहरूको लागी राेजगारीकाे अवसर कांग्रेसले सिर्जना गर्ने बताउनुभएको छ।आज झापाकाे सुरुङ्गामा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै महामन्त्री थापाले ठूलाे संख्यामा विदेशिइरहेका युवाहरुलाई कांग्रेसले निश्चित याेजना ल्याएर स्वदेशमा बस्ने वातावरण सिर्जना गर्ने कुरा बताउनुभएको हाे।

झापा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ द्वारा आयाेजित क्षेत्रिय सम्मेलनलाई प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै महामन्त्री थापाले भन्नुभयो ” निर्वाचित जनप्रतिनिधिहरुले जनताको माग र भावनालाई सम्बाेधन गर्नुपर्छ,सरकार रहेकाे अनुभुती जनतालाई दिनुपर्छ। आगामी स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारी दिने नेताहरुकाे छनौट स्थानिय वडा कार्यसमितिका कार्यकर्ताहरुले गर्नेछन्”

“देश र जनताबाहेक नेपाली काङ्ग्रेसको स्थापना गर्ने नेताहरुले केही नसाेचेकाे कारण हामी पटकपटक जनताकाे परीक्षामा सफल भएकाे हाे”महामन्त्री थापाले थप्नु भयाे “भारत र चिनकाे बिचमा रहेकाे हाम्राे देशकाे चुच्चे नक्सा चिनले स्विकार नगर्नु दु: खद हाे।”

“भ्रष्टाचारमा संलग्न काेहि पनि छाडिंदैन”उहाँले भन्नुभयो”आज बैंकमा पैसा छ तर लगानी गर्न बैङ्क डराउछ, किनभने देशकाे ठूलाे संख्यामा युवाहरु वैदेशिक राेजगारीमा भएता पनि लगानीकाे उचित अवसर छैन्,बेरोजगारीकाे कारण क्रय शक्ति भएका युवाहरु विदेशिएका कारण किस्ता तिर्न सकिँदैन भनेर बैंक लगानी गर्न डराउछ।”

झापा सुरुङ्गा स्थित उद्योग वाणिज्य संघमा आयाेजित सम्मेलनमा झापा सभापति देउ कुमार थेबे ,केन्द्रीय सदस्य गाेमा भट्टराईले समेत साे कार्यक्रममा सम्बाेधन गर्नुभएको थियाे।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : १६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु