५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“युवाहरुलाई राेजगारी अवसरकाे सिर्जना कांग्रेसले गर्नेछ “-महामन्त्री गगन थापा



झापा,नेपाली काङ्ग्रेसको महामन्त्री गगन थापाले देशमा युवाहरूको लागी राेजगारीकाे अवसर कांग्रेसले सिर्जना गर्ने बताउनुभएको छ।आज झापाकाे सुरुङ्गामा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै महामन्त्री थापाले ठूलाे संख्यामा विदेशिइरहेका युवाहरुलाई कांग्रेसले निश्चित याेजना ल्याएर स्वदेशमा बस्ने वातावरण सिर्जना गर्ने कुरा बताउनुभएको हाे।

झापा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ द्वारा आयाेजित क्षेत्रिय सम्मेलनलाई प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै महामन्त्री थापाले भन्नुभयो ” निर्वाचित जनप्रतिनिधिहरुले जनताको माग र भावनालाई सम्बाेधन गर्नुपर्छ,सरकार रहेकाे अनुभुती जनतालाई दिनुपर्छ। आगामी स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारी दिने नेताहरुकाे छनौट स्थानिय वडा कार्यसमितिका कार्यकर्ताहरुले गर्नेछन्”

“देश र जनताबाहेक नेपाली काङ्ग्रेसको स्थापना गर्ने नेताहरुले केही नसाेचेकाे कारण हामी पटकपटक जनताकाे परीक्षामा सफल भएकाे हाे”महामन्त्री थापाले थप्नु भयाे “भारत र चिनकाे बिचमा रहेकाे हाम्राे देशकाे चुच्चे नक्सा चिनले स्विकार नगर्नु दु: खद हाे।”

“भ्रष्टाचारमा संलग्न काेहि पनि छाडिंदैन”उहाँले भन्नुभयो”आज बैंकमा पैसा छ तर लगानी गर्न बैङ्क डराउछ, किनभने देशकाे ठूलाे संख्यामा युवाहरु वैदेशिक राेजगारीमा भएता पनि लगानीकाे उचित अवसर छैन्,बेरोजगारीकाे कारण क्रय शक्ति भएका युवाहरु विदेशिएका कारण किस्ता तिर्न सकिँदैन भनेर बैंक लगानी गर्न डराउछ।”

झापा सुरुङ्गा स्थित उद्योग वाणिज्य संघमा आयाेजित सम्मेलनमा झापा सभापति देउ कुमार थेबे ,केन्द्रीय सदस्य गाेमा भट्टराईले समेत साे कार्यक्रममा सम्बाेधन गर्नुभएको थियाे।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ८ : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज