१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“२०६१ सालमा हाेडिङ बाेर्ड बनाएर हिलिहाङ दरवारकाे प्रचारप्रसार गरेकाेले वर्तमान अवस्थामा ऐतिहासिकता प्राप्त भएको हाे”नारायण प्रसाद याेङहाङ



७४ वर्षिय इतिहास ज्ञाता साविक पंचमी-६,हाल हिलिहाङ-४,हस्तपुर निवासी नारायण प्रसाद याेङहाङ ऐतिहासिक तथा पर्यटकिय स्थल हिलिहाङ दरवार नजिकै बस्नुहुन्छ।बाल्यकालदेखि हालसम्म हिलिहाङ दरवारकाे आराेहअवराेह देख्नु भाेग्नुभएकाे उहाँँसंग ऐतिहासिक स्थल हिलिहाङ दरवार र लिम्बूवानका अन्तिम राजा हिलिहाङ याेङहाङकाे बारेमा गरिएको कुराकानी हिलिहाङ डटकमकाे पाँच सवाल स्तम्भमा

सवाल-१:-ऐतिहासिक स्थल हिलिहाङ दरवार प्रचारप्रसार कसरी भयाे? बताइदिनुहाेस् न।

जवाफ-१:-२०६१ सालतिर मेराे नाति मनु सरले बाजे याे ऐतिहासिक स्थल हिलिहाङ दरवारकाे वारेमा हाेडिङ वाेर्ड राखौं न भनेपछि उनी र म भएर फिदिम गएर ३ वटा हाेडिङ वाेर्डहरु राखेकाे हाे।त्याे वाेर्ड राखेपछि सारा संसार,देशदेशावर उत्तर दक्षिण पूर्व पश्चिम सबैतिरबाट जानकारी थाहा भएर दरवार घुम्न आउन थाले।नारायण प्रसाद याेङहाङकाे घर कहाँ हाे भनी खाेज्न थाले र मैले पनि आफुले जानेजति राजा हिलिहाङकाे बारेमा,हस्तपुर  हिलिहाङ दरवारकाे बारेमा बताउदै आएको छु।

सवनल-२:-राजा हिलिहाङ र गाेर्खा युद्धको बारेमा थप बताउनुहाेस् न।

जवाफ-२ः-मैले थाहा पाएअनुसार गाेर्खाली राजा पृथ्वीनारायण शाहसंग राजा हिलिहाङसंग सत्रपटकसम्म युद्ध भएको र हारजित नभएकोले सम्झौतामा टुङ्गिएकाे हाे।

सवाल-३:- सम्झौतामा के के कुराहरु उल्लेख गरिएकाे थाहा पाउनुभयो ?

जवाफ-३:-सम्झौतामा राजा पृथ्वीनारायण शाहले अरुणपूर्वका लिम्बूवानले मलाई राजा मात्रै मान्नु बाँकी सबै राजकाज हस्तपुरबाट गर्नु भन्ने थियाे।खाेलानाला,सडेका पडेका रुख वन बुट्यान खर्क, तितेमाछा,भिरमौरी खागाे,जगरबगर ,झाराबेठी,ठिंगुराे मुङ्ग्राे सबै हकभाेग गर्न पाउने जनाइएको थियाे।मिलापत्र नै हाेला ।

सवाल-४:- राजा हिलिहाङ याेङहाङलाई सहयाेग ककस्ले गरेछन् नि?

जवाफ-४:-सिक्किमबाट भाेटे सैनिक र लाप्चे सैनिक आएका थिए।भाेटे सैनिकहरु माथि भाेटेगढिमा तैनाथ गरिएकाले भाेटेगढी र अलिक तल लाप्चे सैनिकहरु बसेकाले लाप्चे गढि भनियाे।लाप्चे भाेटे सैनिकहरुकाे मद्दतले गाेर्खाली सैनिककाे मुकाविला गरियाे।दुस्मन आएमा मुकाविला गर्न गाेली गठ्ठा बन्दाेबस्तीकाे सामान सहित राखिएको थियाे।

सवाल-५:- हिलिहाङ, हस्तपुरकाे बारेमा अन्य केही थप भन्नू छकि?

जवाफ-५:- पाँचथर च्याङथापुकाे चियाभन्ज्याङमा हिलिहाङका सैनिकहरुले दुस्मनकाे प्रतिकार गर्न ढुङ्गा थुपारेकाे ठाउँलाई याेङहाङ लुङधक भनिन्छ। चियाभन्ज्याङ हाेइन खासमा चियाेभन्ज्याङ हाे।गाेर्खाली दुश्मनहरुआएका छन छैनन् र उनिहरुकाे गतिविधि के कस्ताे छ अग्लाे ठाउँमा बसेर चियाेचर्चाे गरिने भएकोले चियाे भन्ज्याङ भनिएको हाे।

पुरै भिडियाे हेर्न लिङ्क थिच्नुहाेला।https://youtube.com/watch?v=N4y_pCPoq3o&feature=share

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ३६ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा