६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर काङ्ग्रेसले याङवरकका बाढीपिडितहरुलाई राहत बाड्याे।



पाँचथर,पाँचथर काङ्ग्रेसले याङवरक वडा नं १ र २ मा गत असार ३ गते आएको बाढी तथा पहिराे पीडितहरुलाई राहत वितरण गरेकाे छ।याङवरक-१,च्याङथापु बजारमा एक कार्यक्रम गरेर राहत वितरण गरिएको पाँचथर काङ्ग्रेस प्रदेश कार्य समिति क का सभापति भगिश्वर याेङहाङले हिलिहाङ डटकमलाई बताउनुभयो ।

बाढिपहिराेबाट ७ घर पूर्णरूपमा क्षतिग्रस्त भएकाे र ८८ घर प्रभावित हुनुकाे साथै सडक र झाेलुङ्गेपुल समेत बगाएको थियाे।
साे कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति,प्रदेश कार्य समिति प्रदेश सभा क तथा स्थानीय कार्यसमितिको पहलमा नगद रु
१ लाख ६७ हजार र पाल लगायतका सामानहरु वितरण गरिएको थियाे।

साे कार्यक्रमलाई नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति पाँचथरका सभापति रुपनारायण जवेगु,प्रदेश क का सभापति भगिश्वर याेङहाङ,याङवरक-२ का वडाध्यक्ष देउकुमार याेङहाङ लगायतले सम्बाेधन गर्नुभएको थियाे भने अध्यक्षता नेपाली काङ्ग्रेस याङवरक-१ का सभापति लछुमन गुरुङले गर्नुभएको थियाे।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ४५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज