१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“वडाबासीहरुको सुखदु:खमा सदैव रहनेछु”वडाध्यक्ष धनपती गिरी,हिलिहाङ गाँउपालिका वडा नं ४ पाँचथर



वि.सं.२०३६ सालमा साविक पंचमी-७ मा जन्मेर राजनितीमा सक्रिय धनपती गिरी गत २०७९ सालको स्थानिय निर्वाचनमा नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट हिलिहाङ गाँउपालिका वडा नं-४को वडाध्यक्षमा सानदार मतको साथ निर्वाचित हुनुहुन्छ। प्रस्तुत छ, व्यवसायी तथा समाजसेवी युवा राजनितिज्ञ वडाध्यक्ष धनपती गिरीसंग हिलीहाङ डटकमको तर्फबाट गरिएको पाँच सवाल र उहाँको जवाफ

सवाल-१:-
तँपाईको परिचय र राजनितिक यात्रा तथा निर्वाचनको सम्बन्धमा बताइदिनुहोस् न।
जवाफ-१:म,धनपती गिरी हिलिहाङ गाँउपालिका वडा नं-४ को वडाध्यक्ष।म २०६२ सालदेखी राजनितीमा सक्रिय छु र पार्टीको पि एम भने २०६७ सालमा पाँएको हूँ।

सवाल-२:-
निर्वाचनमा पार्टीको तर्फबाट वडाध्यक्षको टिकट प्राप्त गर्नु र विजयी बन्नुको अवस्था कसरी प्राप्त गर्नुभयो?
जवाफ-२:-पार्टी विभाजनपछि म नेकपा एकिकृत समाजवादीको तर्फबाट स्थानिय निर्वाचन २०७९मा हिलिहाङ-४ को वडाध्यक्षको पदमा उम्मेद्वार भएँ। सबै जनताहरुको साथ र सहयोगको कारण निर्वाचित बन्न सफल भएँ।

सवाल-३:-
निर्वाचित वडाध्यक्ष भइसकेपछि हिलिहाङ-४ का जनताहरुको भावना र माग लाई कसरी सम्बोधन गर्नुभएको छ?
जवाफ-३:-स्वभावैले जनताको मागहरु धेरै नै छन्।केहि हदसम्म पुरा गरिएका छन्।विकास निरन्तर चलिरहन्छ ।जनताहरुको प्रथमिकताको आधारमा याेजनाहरु कार्यान्वयन गर्ने गरिएको छ । गतसालमा अति विपन्न कृषकहरुलाई बाख्राका पाठा,बङ्गुरका पाठा,बाख्राको खोर,सुङ्गुरको खोर निर्माण गरिएको छ। टमाटर लगायत विभिन्न तरकारीका बीउबिजनहरु वितरण गरिएका छन्। विकासनिर्माणमा बिभिन्न प्रकारका बाटोघाटोहरु,शिक्षा स्वास्थ्यको क्षेत्रमा कामहरु गरिएका छन्।

सवाल-४:-
हिलिहाङ-४ लाई समग्र पाँचथरकै नमुना वडा बनाउने तपाईका आगामी कार्ययोजनाहरु के कै छन्?
जवाफ-४:-शिक्षा,स्वास्थ्य,कृषी जस्ता पुर्वाधार निर्माणमा ध्यान दिएर,प्राथमिकतामा राखेर जनताको अपेक्षालाई सार्थकता बनाउने योजना रहेको छ।

सवाल-५:-जनप्रतिनिधीमा निर्वाचित बनेपछिको र बन्न अघिकाे अनुभवसहित हिलिहाङ-४ का जनताहरुलाई केहि भन्नु छ?
जवाफ-५:- सर्वप्रथम त मलाई निर्वाचित गराउनुहुने सम्पूर्ण हिलिहाङ-४ निवासी आमाबुबा,दाजुभाई दिदिबहिनीहरुमा हार्दिक धन्यवाद तथा आभार । उहाँहरुको आशा अपेक्षामा सदैव साथ दिनेछु। साेचेजति काम सम्पन्न नभएतापनि मलाई बोलाएको समयमा जुनसुकै बेला म उहाँहरुको घरदैलोमा उपस्थित हुनेछु। सदंव यहाँहरुको साथ र सहयोगमा हाजिर हुने जानकारी गराउन चाहन्छु।
पुरा भिडियो हेर्न हाम्रो युट्युब च्यानलको लिड्ड्क थिच्नुहोला ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ५ : ३० बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता