१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मकवानपुर मनहरीका १९ प्रअहरुले दिए सामुहिक राजिनामा,पालिकाअध्यक्षले पेलेकाे आराेप



मकवानपुर,मकवानपुरको मनहरी गाउपालिकाकाे सामुदायिक विद्यालयका १९ जना प्रधानाध्यापकहरुले सामुहिक राजिनामा दिएका छन्। यसरी राजिनामा दिनेहरुमा १८ जना आधारभुत तहका र १ जना मावि तहका छन्।

राजिनामा दिनेहरुमा चेपाङ प्राविका राजेन्द्र न्यौपाने,सहिद स्मृति आविका पशुपति पाठक,बालज्याेती आविका सीताराम राई,प्रजाविकास आविका आनन्द राम चौधरी,जनचेतना आविका उत्तरकुमार माेक्तान,ऋषेश्वर आविका नारायण गिरी,राष्ट्रिय सरस्वती प्राविका कृष्णकुमार घलान,जनजाति उत्थान प्राविका देवराज प्रजा,श्रृजना प्राविका गाेकर्णबहादुर तितुङ,प्रगति प्राविका अनिता भट्टराई हुनुहुन्छ।

त्यसरी नै त्रिरत्न प्राविका उमा स्याङतान,श्री प्रा
विका नवराज डाेटेल,विना कालिका प्राविका दिपक पौडेल,देउकाेट प्राविका गुणरत्न ढकाल,नवजागृतीकाे कलावती अधिकारी,नवज्योति प्राविकाे जयराम अधिकारी,राप्राविका सुदर्शन साेती,मदनआश्रित प्राविका हरिशरण अर्याल र पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य हुनुहुन्छ।

राजिनामा दिनुमा गाउँ पालिका अध्यक्षकाे मनाेमानी र पेलाईकाे कारण बताईएकाे छ। एउटै गाउँ पालिकामा एकैपटक यतिकाे धेरै प्रधानाध्यापकहरुले राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएकाे बताइएको छ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : १९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको