काठमाडौं,प्रधानमन्त्री पुष्प कमल दाहाल”प्रचण्ड” पत्नी सीता दाहालकाे आज बिहान नर्भिक अस्पतालमा निधन भएकाे छ।उहाँ ६९ वर्षको हुनुहुन्थ्यो ।
लामाे समयदेखि वंशाणुगत पार्किन्सन जस्तै देखिने राेगबाट पिडित उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार विहान नर्भिक अस्पताल लगिएको थियाे।बुधवार बिहान ८ बजे उहाँलाई हृदयाघात भएपछि अस्पताल लगिएको र उपचारकै क्रममा ८ बजेर ३३ मिनेटमा उहाँको निधन भएको प्रधानमन्त्रीकाे निजी चिकित्सक प्रा.डा.युवराज शर्माले बताउनुभयाे।
उहाँको आजै पार्टी कार्यालय पेरिसडाँडामा सर्वसाधारण तथा शुभेच्छुकबाट समवेदना पछि आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।
प्रतिक्रिया