४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कृषि विकास बैंकमा ५५ अधिकृतसहित भारी मात्रामा कर्मचारीको माग



काठमाडौं, कृषि विकास बैंक लि.जनशक्ति व्यवस्थापन विभागले ठूलो संख्यामा स्थायी कर्मचारीहरुको माग गरेको छ। ५५ जना अधिकृत सहित १७९ जना कर्मचारीहरु माग गरिएको बैंकले जनाएको छ ।

अधिकृततर्फ १ जना महिला वरिष्ठ शाखा प्रमुख,२ खुला,१ महिला र १ आदिवासी जनजाती सहित ४ जना शाखा प्रमुख, २ खुला १/१ महिला आदिवासी जनजाती मधेसी र पिक्षे सहित ६ जना वरिष्ठ लेखा अधिकृत(सि.ए.),१ जना वरिष्ठ इन्जिनियर,२१ जना खुला सहित ६ महिला ५ आदिवासी जनजाती ४ मधेसी १/१ दलित र अपाङ्ग सहित ३८ व्यवसाय अधिकृत,३ सुचना अधिकृत,२ कानुन अधिकृत,१ आइ टि इन्जिनियर र ४ खुला सहित २/२ महिला र आदिवासी जनजाती र १ दलित सहित ९ जना कर्जा अधिकृत माग गरिएको बैंकले जनाएको हो ।

उता २० खुलासहित ५/५ महिला र आदिवासी जनजाती ४ मधेसी १/१ दलित र पिक्षे सहित ३६ जना व्यवसाय सहायक,२/२ खुला र मधेसी सहित १/१ महिला र आदिवासी जनजाती सहित ६ जना ऋण सहायक तथा ४० खुला सहित १०/१० जना महिला र आदिवासी जनजाती ६ मधेसी ४ दलित र १/१ अपाङ्ग र पिक्षे गरेर ७२ जना लेखापाल माग गरिएको बैङ्कले जनाएको छ ।

अनलाइन फारम भर्ने अन्तिम म्याद यहि २०८० साल असार ७ गतेसम्म र डबल दस्तुरमा असार १४ सम्म एवम् दस्तुर अधिकृततर्फ रु् १ हजार खुलामा तथा समावेशी तर्फ थप रु ५००/- तथा अन्यमा खुलामा रु ८००/-र समावेशीमा रु ४००/- थप लाग्ने र अनलाइन आवेदन www.recruitment.adbl.gov.npमा भर्न सकिने बताइएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ४ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज