१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ बेल्जियमले लिम्बुवान किरात आन्दोलनप्रतिसमर्थन तथा ऐक्यबद्धता जनायो ।



ब्रसेल्स,किरात याक्थुङ चुम्लुङ बेल्जियमले कोशी प्रदेश नामांकनको विरुद्ध आन्दोलनरत लिम्बुवान किरात आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ ।

किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष बदन योङहाङ तथा सचिव कला इधिङ्गो लिम्बुद्वारा संयुक्त हस्ताक्षर गरेर विज्ञप्ती जारी गर्दै सो आन्दोलनप्रति समर्थन जनाएकाे हो ।

विज्ञप्तिमा भनिएको छ-“एक नम्बर प्रदेशलाई प्रदेश सरकारले षडयन्त्रमूलकरुपमा कोशी प्रदेश नामाकरण गरेपछि आदिवासी जनजातीहरुले उक्त नामाकरण खारेज गरी लिम्बुवान किरात प्रदेश नामाकरण गर्न माग गर्दै निरन्तर संघर्ष जारी राखेका छन्।संघर्षको क्रममा प्रहरीको गोली लागि लाजेहाङ लिम्बुले सदाहत प्राप्त गरेका छन् भने प्रहरीको निर्मम दमनमा परि दुइ जना गम्भिर र दर्जनौ आन्दोलनकारीहरु घाइते बन्न पुगेका छन् । दर्जनौले मुद्धा खेपिरहेका छन् र केहि पूर्पक्षमा जेलमा छन्। हाम्रो संगठन प्रदेश नं १ को पहिचानवादीहरुको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दछ ।न्यायपूर्ण आन्दोलनमाथि गरिएको बर्बर दमनको घोर भर्त्सना गर्दै शहिद लाजेहाङ लिम्बुलाई राष्ट्रिय शहिद घोषणा गर्न,घाइतेहरुको निशुल्क उपचारको व्यवस्था र सम्पूर्ण झुठ्ठा मुद्धा खारेज गरि हिरासतमा रहेका सम्पूर्णलाई निशर्त रिहा गर्न माग गर्दछ ।”

“नेपालको इतिहासमा लिम्बुवान किराँत समुदायले लामो समयसम्म शासन सत्ता संचालन गरेका थिए । उनिहरुको शासनकालमा आफ्नो भाषा र संस्कृतिको इतिहास निर्माण गरेका थिए” -विज्ञप्तिमा थप भनिएको छ-“आफ्नो इतिहास,भाषा,संस्कृति,सभ्यतासहितको समुदायको पहिचानको माग राखी लिम्बुवान किराँतहरुले लामो समयदेखि संघर्ष गरिरहेका छन् । नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएर प्रदेशहरु गठन भएपछि पनि पहिचानको मुद्धालाई षडयन्त्रपूर्वक ढंगले कमजोर बनाइ पुरानै ढाँचाका प्रदेशहरु प्रयोगमा ल्याइएको छ । यस्ता षड्यन्त्रहरुलाई बन्द गरि पहिचान र उत्पिडनको आधारमा संघका नामहरु नामाकरण गर्न नेपाल सरकार र प्रदेश सरकारलाई हामी जोडदार माग गर्दछौं।”

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : १६ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता