३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ बेल्जियमले लिम्बुवान किरात आन्दोलनप्रतिसमर्थन तथा ऐक्यबद्धता जनायो ।



ब्रसेल्स,किरात याक्थुङ चुम्लुङ बेल्जियमले कोशी प्रदेश नामांकनको विरुद्ध आन्दोलनरत लिम्बुवान किरात आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ ।

किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष बदन योङहाङ तथा सचिव कला इधिङ्गो लिम्बुद्वारा संयुक्त हस्ताक्षर गरेर विज्ञप्ती जारी गर्दै सो आन्दोलनप्रति समर्थन जनाएकाे हो ।

विज्ञप्तिमा भनिएको छ-“एक नम्बर प्रदेशलाई प्रदेश सरकारले षडयन्त्रमूलकरुपमा कोशी प्रदेश नामाकरण गरेपछि आदिवासी जनजातीहरुले उक्त नामाकरण खारेज गरी लिम्बुवान किरात प्रदेश नामाकरण गर्न माग गर्दै निरन्तर संघर्ष जारी राखेका छन्।संघर्षको क्रममा प्रहरीको गोली लागि लाजेहाङ लिम्बुले सदाहत प्राप्त गरेका छन् भने प्रहरीको निर्मम दमनमा परि दुइ जना गम्भिर र दर्जनौ आन्दोलनकारीहरु घाइते बन्न पुगेका छन् । दर्जनौले मुद्धा खेपिरहेका छन् र केहि पूर्पक्षमा जेलमा छन्। हाम्रो संगठन प्रदेश नं १ को पहिचानवादीहरुको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दछ ।न्यायपूर्ण आन्दोलनमाथि गरिएको बर्बर दमनको घोर भर्त्सना गर्दै शहिद लाजेहाङ लिम्बुलाई राष्ट्रिय शहिद घोषणा गर्न,घाइतेहरुको निशुल्क उपचारको व्यवस्था र सम्पूर्ण झुठ्ठा मुद्धा खारेज गरि हिरासतमा रहेका सम्पूर्णलाई निशर्त रिहा गर्न माग गर्दछ ।”

“नेपालको इतिहासमा लिम्बुवान किराँत समुदायले लामो समयसम्म शासन सत्ता संचालन गरेका थिए । उनिहरुको शासनकालमा आफ्नो भाषा र संस्कृतिको इतिहास निर्माण गरेका थिए” -विज्ञप्तिमा थप भनिएको छ-“आफ्नो इतिहास,भाषा,संस्कृति,सभ्यतासहितको समुदायको पहिचानको माग राखी लिम्बुवान किराँतहरुले लामो समयदेखि संघर्ष गरिरहेका छन् । नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएर प्रदेशहरु गठन भएपछि पनि पहिचानको मुद्धालाई षडयन्त्रपूर्वक ढंगले कमजोर बनाइ पुरानै ढाँचाका प्रदेशहरु प्रयोगमा ल्याइएको छ । यस्ता षड्यन्त्रहरुलाई बन्द गरि पहिचान र उत्पिडनको आधारमा संघका नामहरु नामाकरण गर्न नेपाल सरकार र प्रदेश सरकारलाई हामी जोडदार माग गर्दछौं।”

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : १६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु