५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तमुधीं बेल्जियमले काेशी प्रदेशकाे विरोध गर्याे।



काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीकाे मेची अन्चल तथा जन्मस्थल तेह्रथुमको भ्रमणलाई लिएर पहिचान पक्षधरहरुले व्यापक विराेध गर्नुकाे साथै कालाे झन्डा प्रदर्शन,नारावाजी जनाउदै विराेध गरिरहेका छन्।

झापा बुद्धशान्तिबाट शुरु भएको कालाे झन्डा देखाउने तथा नारावाजी गर्ने क्रम इलाम र तेह्रथुम साथै फिदिममा व्यापक भएकाे छ।व्यापक सुरक्षाघेरामा निर्धारित कार्यक्रमहरु सम्पन्न भएतापनि प्रहरी र प्रदर्शनकारीकाे झापामा भिडन्त हुदा प्रहरी घाइते समेत भएको थियाे।

यसै क्रममा तमु धि बेल्जियमले एक प्रेस विज्ञप्तिमार्फत काेशी प्रदेश नामांकनकाे विरोध गर्दै पहिचानपक्षधरलाई समर्थन गरेकाे छ।अध्यक्ष प्रविना गुरुङ तथा महासचिव कमल गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिकाे पूर्ण पाठ यसप्रकार रहेको छ।

“अठाइ सय वर्षदेखि आदिवासीजनजातिहरुकाे अधिकार सहितकाे पहिचान अन्तर्गत हाम्रो ऐतिहासिक भूगोल र प्राचीन सभ्यतामा आधारित पहिचानकाे नाममा हुनुपर्छ भन्नेमा आदिवासीजनजातिहरुकाे अडान कायमै छ ।राज्यले जनताको इच्छा विपरीत जवरजस्ती राखेकाे हरेक प्रदेशकाे नामाकरणप्रति असन्तुष्टि रहदै आएको छ।ऐतिहासिक प्राचीन सभ्यता र संघियताकाे आधारलाई कुल्चदै र बहुजातिक र बहुभाषिक विविधतायुक्त इतिहास र साझा पहिचानलाई नामेट पार्दै गत १७ फागुन २०७९ का दिन प्रदेश संसदमा जालझेल र षड्यन्त्र पूर्वक हथकन्डसहित प्रदेश नं १ लाई काेशी नामांकन गरिघाेषणा गरेकाेमा तमुधी बेल्जियम घाेर आपत्ति प्रकट गर्दछ।

प्रदेश नं १ काे नाम काेशी प्रदेश खारेज गरि स्थानिय जनताकाे भावना र मूल मर्मअनुसार र ऐतिहासिक सभ्यतालाई सम्बाेधन गरि नामांकन गर्न जाेडदार माग गर्दछ।प्रदेश नं १ पुनःनामांकन संघर्ष समितिले गरेकाे आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै तमुधीं बेल्जियम ‘अधिकार सहितकाे स्वायत्तता’प्राप्तिको लागि हुने हरेक आन्दोलनप्रति साथ र सहयाेग रहने यसै प्रेस विज्ञप्ति मार्फत अवगत गराउदछौ।”

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज