२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तनहुँ-१, बाट रास्वपाका डा.स्वर्णिम वाग्ले १४ हजार ७९७ मतान्तरसहित विजयी



काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले तनहुँ -१ मा भएको प्रतिनिधीसभा सदस्यकाे उपनिर्वाचनमा ३४ हजार ९१९ मत प्राप्त गरि विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसको गाेविन्द भट्टराईले २० हजार १२२ मत तथा नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गर्नुभयाे।

खसेकाे कुल ६५ हजार ३१६ मतमध्ये डा. वाग्लेकाे मतान्तर १४ हजार ७९७ रहंदा राप्रपाकी शाेभा गुरुङले २१८ मत,मंगाेल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत,नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनारले ९९ मत,राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७ मत तथा नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ मत प्राप्त गर्दा नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत ल्याउनु भएको निर्वाचन आयाेगले जनाएको छ।

गत निर्वाचनमा विजयी नेपाली काङ्ग्रेसको रामचन्द्र पौडेलले प्राप्त गर्नुभएको २५ हजार ३६१ मत भन्दा गाेविन्द भट्टराईले ५ हजार ३४९ मत कम प्राप्त गर्नु भयाे भने नेकपा एमालेका एकबहादुर रानाकाे १९ हजार ९८१ मत भन्दा खनालले ११ हजार ४९७ मत कम प्राप्त गर्दा डा.वाग्लेले भने पौडेलको भन्दा ९ हजार ५५८ मत बढि प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ५७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक