३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तनहुँ-१, बाट रास्वपाका डा.स्वर्णिम वाग्ले १४ हजार ७९७ मतान्तरसहित विजयी



काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले तनहुँ -१ मा भएको प्रतिनिधीसभा सदस्यकाे उपनिर्वाचनमा ३४ हजार ९१९ मत प्राप्त गरि विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसको गाेविन्द भट्टराईले २० हजार १२२ मत तथा नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गर्नुभयाे।

खसेकाे कुल ६५ हजार ३१६ मतमध्ये डा. वाग्लेकाे मतान्तर १४ हजार ७९७ रहंदा राप्रपाकी शाेभा गुरुङले २१८ मत,मंगाेल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत,नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनारले ९९ मत,राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७ मत तथा नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ मत प्राप्त गर्दा नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत ल्याउनु भएको निर्वाचन आयाेगले जनाएको छ।

गत निर्वाचनमा विजयी नेपाली काङ्ग्रेसको रामचन्द्र पौडेलले प्राप्त गर्नुभएको २५ हजार ३६१ मत भन्दा गाेविन्द भट्टराईले ५ हजार ३४९ मत कम प्राप्त गर्नु भयाे भने नेकपा एमालेका एकबहादुर रानाकाे १९ हजार ९८१ मत भन्दा खनालले ११ हजार ४९७ मत कम प्राप्त गर्दा डा.वाग्लेले भने पौडेलको भन्दा ९ हजार ५५८ मत बढि प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ५७ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।